छात्रालाई सामाजिक सञ्जालमा आपत्तिजनक सन्देश प्रवाह गरेको भन्दै जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा यो वर्ष पुल नबन्ने निश्चित भएको छ। जडान गर्दागर्दै बेलिब्रिज भाँचिएपछि तत्काल डाइभर्सन निर्माणको काम सुरु भएको हो।
जङ्गली हात्तीको आतङ्कबाट आतङ्कित रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका वासिन्दाले हात्ती नियन्त्रण गर्न दवाव दिँदै आइतबार डिभिजन वन कार्यालय रौतहट घेराउ गरेका छन् ।
नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा दुई स्वर्ण र दुई कांस्य पदक जितेको छ ।
काठमाडौँ महानगरपालिकाले १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२-८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताउनु भयो ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ।
एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले नगदसहित सम्मान गरेको छ ।
असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा रोपाइँ हुन नसकेकामा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
मिनेट मिनेटमा झ्याप झ्याप गर्दे विद्युत् कटौतीले हैरान भएको भन्दै सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार स्थानीयले प्राधिकरण घेराउ गरेका छन् ।
विगत एक महिनादेखि अत्यधिक गर्मी बढिरहेको र वर्षा नहुँदा सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवाका महिलाहरूले जटजटिन धार्मिक सांस्कृतिक नृत्य तथा पुजा सुरु गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आइतबार नेपालगन्जमा अवधि र उर्दु भाषाका दुई जनासाहित्यकारलाई अभिनन्दन तथा सम्मान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनु भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबिचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गर्नुभएको छ ।