यामराज बिष्ट
पञ्चकोशी (दैलेख), असार ३० गते । चट्याङ लागेर दैलेखमा एक महिला गम्भीर घाइते भएकी छन् । आइतबार साँझ परेको चट्याङ लागेर नारायण नगरपालिका–७ किमुगाउँका ३८ वर्षीया भरतदेवी खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
चट्याङ लागेर घाइते हुनुभएको खड्काको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको उहाँले बताउनुभयो ।