पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन भएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ ।
तामाङ समुदायको इतिहास, भूगोल, सभ्यता र संस्कृति बुझाउने तामाङ लोककथालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न नयाँ प्रविधिको उपयोग हुनुपर्नेमा जोड दिइएको छ । तामाङ पत्रकार सङ्घद्वारा शनिबार राजधानीमा लेखक, सङ्कलकद्वय रवीन्द्र तामाङ र सोनी तामाङको तामाङ कथाको सँगालोबारे आयोजित अन्तर्क्रियामा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् ।
सप्तरीको राजविराज नगरपालिका–८ स्थित पुलचौकमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । सोही नरपालिकास्थित पुलचोक बस्ने १८ वर्षीय सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९९ पैसा र बिक्रीदर १३७ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ ।
नबिल बैङ्क स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैङ्कले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सुरक्षा घेरामा साधारण सभा सम्पन्न गरेको छ । कर्मचारीको विरोध हुँदाहुँदै सेयर सदस्यलाई नै सहभागी नगराई शनिबार बुटवलमा १० औँ वार्षिक साधारण सभा गरेको हो ।
प्युठान नगरपालिका–४ का नवीनकुमार श्रेष्ठले चार वर्षअघि धान फल्ने झिमरुक फाँटमा ड्र्यागन फ्रुट खेती सुरु गर्दा धेरै जना हाँसे ।स्थानीयले इन्जिनियरले खेती गर्छ ? भन्ने प्रश्न गर्दै बाउबाजेको सम्पत्ति सक्ने भयो भन्ने सम्मका आरोप उहाँले सुन्नुपर्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ ।
जुम्लामा किसानले उच्च घनत्व फल्ने स्याउ विस्तारमा जोड दिन थालेका छन् । स्याउको क्षेत्र विस्तार गर्ने क्रममा इटालियन जातका गावा, फुजी, किङ्रेट, गोल्डेन, स्पिडलगायतका जातको स्याउ रोप्ने तथा उत्पादन वृद्धि गर्ने कामलाई जोड दिइएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको बजारको अनुगमन गर्ने क्रममा अवैधानिक तवरले खानेपानी उद्योग सञ्चालन र म्याद गुज्रिएका खाद्य वस्तु बजारमा बिक्री गर्दै आएको भेटिएको छ ।
काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
गुल्मीमा असारमै सयपत्री फूल ढकमक्क फुलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाटमा कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गर्नुभएको हो । सामन्यतया दसैँतिहारमा सयपत्री फुल्ने भए पनि नेपालीले असारमै फुलाएर बेमौसमी उत्पादन सम्भव रहेको उदाहरण प्रस्तुत गर्नुभएको छ ।
अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ ।