बङ्गलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हरायो ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै, रुसले एकै रातमा ५९७ ड्रोन र २६ लामो दूरीका क्रुज मिसाइल युक्रेनी भूभागतर्फ प्रक्षेपण गरेको जानकारी दिनुभएको छ ।
बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय अभिवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरर्वाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।
म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ सर्वसाधारणको ज्यान गएको छ, जसमा तीन बालबालिका पनि रहेका छन् ।
युक्रेनी सेनाद्वारा खेरसोन क्षेत्रको आलेश्की शहरमा गरिएको हवाई आक्रमणका कारण एक आवासीय भवन पूर्ण रूपमा भत्किएको छ, जसमा दर्जनौं मानिस भग्नावशेषमा फसेका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।
इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा दुई सय साठी जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।
पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ ।
मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । सङ्क्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताउनु भयो । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताउनुभयो ।
मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गर्नुभएको छ ।