हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।
सम्पादक समाज नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
काठमाडौँमा दसैँअगावै थप एक सय वटा स्मार्ट विद्युतीय बस सञ्चालन गरिने भएको छ । सरकारले चीनबाट बस ल्याएर साझा यातायातलाई सञ्चालन गर्न दिने सहमति भएको हो । आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेत एक सय विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरिएको थियो । सोही अनुसार बस सञ्चालनको तयारी भएको हो ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभाको आगामी बैठकमा प्रस्तुत हुने भएको छ । सभामा टेबुल भएको करिब दुई सातापछि सो विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । युनेस्को वल्र्ड हेरिटेज कमिटीको पेरिसमा भइरहेको ४७ औँ विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बैठकले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेको समेत ठहर गरेको छ ।
जुम्लाको तिला गाउँपालिकामा भिरबाट लडेर एक पुरूषको मृत्यु भएको छ । दाउरा काट्नका लागि जंगलमा गएका तिला गाउँपालिका ६ सुडीका वर्ष ३५ का जंगबहादुर रावतको भिरबाट लडेर मृत्यु भएको हो ।
मकवानपुरको इन्द्रसरोवरको सिम्लाङ खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बारा कलैया उपमहानगरपालिका –१ घर भई हाल काठमाडौँ माइतीघर बस्ने १८ वर्षीय प्रणय गुप्ताको पौडी खेल्ने क्रममा शनिवार दिउँसो इन्द्रसरोवर–१, सिम्लाङ खोलामा डुबेर मृत्यु भएको हो ।
पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ। उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्व पत्रकार अमृता लम्सालले जानकारी दिनुभयो। उहाँको दाहसंस्कार भोलि गरिनेछ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।
कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ ।
सुर्खेतको लेकवेसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहने राउटे समुदाय ।
‘‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’’
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।