• २८ असार २०८२, शनिबार

क्लबलाई वातावरण पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते  । नेपालकै पहिलो हरित विद्यालय वज्र एकेडेमीका विद्यार्थीद्वारा सञ्चालित वातावरणीय अभियान ‘वज्र इको क्लब’ लाई ‘वातावरण संरक्षण पुरस्कार’ प्रदान गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमबिच १० हजार रुपियाँसहितको पुरस्कार क्लबलाई हस्तान्तरण गरियो । पुरस्कार छनोट समितिका सदस्यद्वय लेखक तथा पत्रकार सरोज ओझा र पत्रकार सुकृत नेपालले पुरस्कार वज्र एकेडेमीका कार्यकारी निर्देशक भूपेन्द्रविक्रम थापालाई हस्तान्तरण गर्नुभएको थियो । छनोट समितिका अनुसार क्लबले वातावरण संरक्षणमा विविध र प्रभावकारी गतिविधि गर्दै आएको र त्यसैका आधारमा क्लबलाई सम्मान गरिएको हो । क्लबले सिर्जनशील कला प्रदर्शनी तथा प्रतियोगितामार्फत साथै प्रत्यक्ष रूपमा वातावरण संरक्षणका निम्ति कार्य गर्दैै आएको छ ।