• ५ जेठ २०८३, मङ्गलबार

बालिकालाई जबरजस्ती करणी आरोपमा युवक पक्राउ

blog

अर्जुन काफ्ले 
स्याङ्जा, जेठ ५ गते ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन् ।  जबरजस्तीकरणी गरेको आरोपमा हरिनासका २८ वर्षीय सन्दिप विकलाई पहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विक पनि हरिनास गाउँपालिका–६ कै स्थायी बासिन्दा रहेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

विकलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।