• २८ असार २०८२, शनिबार

तीन किलो कोकिनसहित भारतीय नागरिक प्रक्राउ

blog

काठमाडौँ, असार २६ गते । तीन किलो चार सय ग्राम लागू औषध कोकिनसहित एक भारतीय  नागरिक पक्राउ परेका छन् । 

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयका सूचना अधिकृत तथा प्रवक्ता जनकबहादुर शाहीले ४९ वर्षका भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।  

शाहीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा अजरबैजानबाट कतार एअरलाइन्सकाे उडानमार्फत आएका भारतीय नागरिकलाई पक्राउ गरिएको हो । 

उहाँले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अवस्थामा तीन किलो चार सय ग्राम लागू औषध कोकिन बरामद गरिएकाे हो । 

अभियुक्तलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी दिनुभयो।