अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
जङ्गलमा घास काट्न गएकी बाँके बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–१४ लादेबाट देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र आसपासको क्षेत्र ।
वर्षायाम सुरु भएसँगै राजापुर नगरपालिकाको राजापुर बजार, अनन्तपुर, छेदियासँगै सत्तीघाटको पुल नदीकटानको जोखिममा परेको छ । कर्णाली नदीमा गरिएको तटबन्ध गत वर्ष बगाएपछि सो क्षेत्र बाढीको जोखिममा परेको हो ।
महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवम् सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश फर्कनुुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्छ । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उहाँ पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो ।
धान हुने खेत प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करीव १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र सिङ्गापुर सरकारका डिजिटल विकास तथा स्वास्थ्य राज्यमन्त्री रहायू महजामबिच द्विपक्षीय भेटवार्ता भएको छ।
लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जामा सङ्घीय र प्रदेशको समग्रमा ७८.८२ प्रतिशत पूँजीगत खर्च भएको छ ।
समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएपछि मधेश प्रदेश सरकारले सम्पूर्ण प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् ।