वेरोजगार भएर वर्षौदेखि घरमै बसेर दिन बिताउनुभएको बागलुङ नगरपालिका–८ सिगानाका मञ्जु कार्कीले यो वर्ष १२ थरीका अचार बनाउने काम सिक्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ८० दश्मलव ७९ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा विनियोजित बजेटको ८० दश्मलव ७९ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गत असार ९ मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट १५ औं नगरसभाको दोस्रो बैठकबाट सर्वसम्मतले पारित गरेको हो ।
पशुलाई कुपोषणबाट जोगाउन तनहुँको भिमाद नगरपालिकाले मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाउने ‘साइलेज’ प्रविधिको प्रयोग गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ ।
नवलपुरमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवाका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जालाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
चिनियाँ हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठुलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् ।
झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ ।
नलगाड नगरपालिका–३ र ४ मा भूकम्प प्रभावितको विस्तृत क्षतिको विवरणमा आफ्नो नाम नआएपछि उनीहरूले तालाबन्दी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी पुनः मन्त्रीपरिषद्मा फर्किने सत्तापक्षले विश्वास लिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा कालोपत्रेको काम अलपत्र परेको छ । पालिकामा ‘चक्रपथ’ निर्माण गर्ने भन्दै आठ वर्षपहिले झन्डै ६३ किलोमिटर सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नगरभित्र यात्रा गर्न ‘चक्रपथ’ रोड बनाउने बाचा गरे पनि हालसम्म कार्यान्वयन भएको छैन ।
त्तरी गोरखामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका – ३ सिर्दीबास बस्ने ३० वर्षीय थरपुन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बाजुराको हिमाली गाउँपालिका–३ मा रहेको रानीसैनमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका छन् । छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाहै्र महिना चिसो हुने यो ठाउँ निकै सुन्दर र आकर्षक छ ।
मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो
कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयन निराशाजनक देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।