• २८ असार २०८२, शनिबार

बौद्धिक पलायन (निबन्ध)

blog

उच्च जीवनस्तरका लागि आफ्नो जन्मभूमि त्यागेर बिदेसिनुलाई बौद्धिक पलायन भनिन्छ । यो समस्या अहिले नेपालमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ । सिप र श्रमयुक्त युवा विदेशको रमझममा रमाउन आफ्नो जन्मभूमि त्यागेर बिदेसिने गरेका छन् ।

तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु– के आफू जन्मेको जन्मभूमि त्यागेर बिदेसिनु हुन्छ ? अवश्य पनि हुँदैन । उसो भए किन मानिस बिदेसिन्छन् ? किन हजारौँ युवा बर्सेनि देश छोडेर जान्छन् । हो, यसको मुख्य कारण भनेकै बेरोजगारी हो । स्वदेशमा रोजगार पाइँदैन र यसले गर्दा जीवन धान्न नसकिने हुँदा किन विदेश नजाने भन्ने मानसिकता आजका युवामा बढ्दै गएको पाइन्छ । मुलुकमा अझै पनि पर्याप्त मात्रामा रोजगारी सिर्जना हुन सकेको छैन । थोरै पारिश्रमिकले जीवन धान्नुपर्ने अवस्था छ । यस्तो स्थितिमा बेरोजगार वा न्यून पारिश्रमिक पाउने स्वदेशमा बस्न चाहँदैन ।

नेपालका धेरै क्षेत्रमा गरिबी र बेरोजगारी समस्या छ । जीवनस्तर राम्रो बनाउन र उच्च अवसरका लागि धेरै युवा विदेश जान्छन् । सामाजिक तथा आर्थिक, शिक्षा प्रणाली, पूर्वाधारको कमी आदिले गर्दा बौद्धिक पलायनको अवस्था देखिएको छ । यहाँ थुप्रै शैक्षिक संस्था छन् तर यहाँको शिक्षा प्रणाली र अनुसन्धानको गुणस्तर अन्तर्राष्ट्रियस्तरमा पुग्न सकेको छैन । यसले गर्दा विश्व बजारमा यहाँका जनशक्तिले माथिल्लो तहमा जागिर पाउन कठिन छ । तसर्थ विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने र सजिलै रोजगारी पाउन सक्ने हुँदा उच्च शिक्षा प्राप्त गर्नका लागि धेरै विद्यार्थी विदेश जाने चाहना राख्छन् । विदेश जान्छन् । 

युवा जनशक्ति स्वदेशमा घट्नु राम्रो होइन । दक्ष जनशक्ति नै नहुनुले मुलुकको विकासमा समस्या पर्न सक्छ । स्वास्थ्य क्षेत्रका दक्ष कर्मचारीको पलायनले नेपालमा स्वास्थ्य सेवाको गुणस्तरमा समस्या ल्याउन सक्छ । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको अभावले विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य समस्या बढ्ने देखिन्छ । यो निकै चिन्ताको विषय बनेको छ ।

एक सिक्काको दुई पाटा भए झैँ सम्पूर्ण कुराको नकारात्मक र सकारात्मक पक्ष दुवै हुन्छ । बौद्धिक पलायनको नकारात्मक पक्ष जस्तै सकारात्मक पक्ष पनि छ । नेपाली युवाले विदेशी भूमिमा आफ्ना पसिना बगाई धन आर्जन गर्छन् । त्यही धन आफ्नो जन्मभूमिमा पठाउँछन् । यसले नेपालको अर्थतन्त्रको बढावामा ठुलो भूमिका निर्वाह गरेको छ । यसले गरिबी निवारणमा पनि महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।

नेपाली जनशक्ति विदेश जाँदा सिप र अनुभवको आदानप्रदान हुन्छ । विदेशमा कार्यरत नेपालीले नयाँ सिप र अनुभव प्राप्त गर्दछन् । जब यी व्यक्ति नेपाल फर्किन्छन् तिनीहरूले नयाँ प्रविधि र ज्ञान आफूसाथ ल्याएका हुन्छन् । तिनको उपयोगले देशको समग्र विकासमा योगदान पुर्‍याउँछ । बौद्धिक पलायनलाई नियन्त्रण गर्नु जरुरी छ । यसमाथि प्रतिबन्ध लगाउन सम्भव छैन । सरकारले युवालाई स्वदेशमै काम गर्न सक्ने वातावरण तयार गरिदिनु पर्छ । नयाँ काम गर्न चाहने युवालाई निब्र्याजी रूपमा बिउ पुँजीको व्यवस्था गरिदिनु पर्छ । तिनीहरूको शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्छ । सबैभन्दा महìवपूर्ण कुरा त सरकारले रोजगारीको सिर्जना गरिदिनु पर्छ । बौद्धिक पलायन बाध्यता हो ।  

 मुना