• ६ कात्तिक २०८२, बिहिबार

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न नर्सिङ सङ्घको माग

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक ५ गते। नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। 

सङ्घले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो। 

सङ्घका अनुसार नेपाल सरकारले २०८१ साल मङ्सिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन्। 

स्वास्थ्य क्षेत्रमा पाँचौं तहको तलबमान ३४ हजारसम्म भए पनि आफूहरुले १५ हजार तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन्। 

सङ्घले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ।