नारायणगढ बजारनजिकै रहेको नदी किनारको खुला स्थानको कटान रोक्न ठुला ढुङ्गाको छेकबार (ब्रेकर) लगाइएको छ । गत वर्ष आएको बाढीले नदी किनारको खुला स्थान कटान गरेर एक मिटर गहिरो खाडल बनाएको थियो
सङ्घीय संरचना अनुसार हालको कर्णाली प्रदेशमा रहेका आठ वटा मन्त्रालयलाई घटाएर छ वटामा झार्न एक उच्चस्तरीय अध्ययन समितिको प्रतिवेदनले सुझाव दिएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका विद्यालयमा बुधबारबाट स्थानीय पाठ्यक्रम ‘उज्यालो अदानचुली’ को पढाइ सुरु भएको छ । पाठ्यक्रम छापेर गाउँपालिकामा आइपुगेको र सो पाठ्यक्रमको पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएपछि पठनपाठन सुरु गरिएको हो ।
जिल्लामा नयाँ प्रविधि भित्रिएसँग विकासको काम गर्न सहज भएको छ। सिमेन्टको काम गर्नका लागि नयाँ प्रविधि भित्रिदा काम सहज र छिटो हुने गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
पाँच वर्षअघि विपत्का घटनाबाट प्रभावित पीडितका लागि कर्णाली प्रदेश सरकारले यस वर्ष राहत रकम निकासा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णालीका रुकुमपश्चिम, जुम्ला, कालीकोट, जाजरकोट र सल्यानका प्रभावितका लागि राहत तथा अनुदान रकम निकासा गरेको मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम गौतमले बताउनुभयो ।
खोला तथा पहिरोको लेदोका कारण बिपी राजमार्ग घन्टौँसम्म अवरुद्ध हुनथालेको छ । सामान्य वर्षा हुँदा पनि खोला तथा पहिरोबाट आएको लेदोले गर्दा सडक अवरुद्ध हुन थालेको हो । गत असोजको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मङ्गलबार राति भएको अविरल वर्षाका कारण व्यास गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाउँदा सो क्षेत्रका चार वटा गाउँमा अँध्यारो भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार विभिन्न योजनाको अनुगमन गर्नुभएको छ ।
कञ्चनपुरका स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ मा पदाधिकारी सुविधाबापत नौ करोड ४९ लाख ३८ हजार रुपियाँ खर्च गरेका छन् । केही पालिकाले आन्तरिक आयको शतप्रतिशतभन्दा बढी रकम पदाधिकारी सेवा सुविधामा खर्चिएका हुन् ।आवश्यकताभन्दा बढी करारमा कर्मचारी राखेर पालिकाहरूले विकासभन्दा पदाधिकारीको सेवा सुविधामै रकम खर्चेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा एक हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका नौ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न अभियान सुरु गरेको हो ।
म्याग्दीमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको बजेट ९३ प्रतिशत र प्रदेशको बजेट ७५ प्रतिशत खर्च भएको छ ।
पाँचथरका दुई फरक ठाउँमा बेवारिसे शव फेला परेका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ स्थित कुरुम्बाको लप्सिबोटे खर्क जङ्गलमा सडेको अवस्थामा महिलाको र फाल्गुनन्द गाउँपालिका–५ सुलुङ्खीमा भीरबाट लडेको अवस्थामा पुरुषको शव भेटिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरमनसम्म उज्यालो फैलियोस् भन्ने कामना गर्नुभएको छ ।