• २६ असार २०८२, बिहिबार

पाँचथरका दुई स्थानमा बेवारिसे शव फेला

blog

राधा लुइटेल
फिदिम, असार २६ गते । 
पाँचथरका दुई फरक ठाउँमा बेवारिसे शव फेला परेका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ स्थित कुरुम्बाको लप्सिबोटे खर्क जङ्गलमा सडेको अवस्थामा महिलाको र फाल्गुनन्द गाउँपालिका–५ सुलुङ्खीमा भीरबाट लडेको अवस्थामा पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुबै शव बुधबार साँझ फेला परेका थिए ।

स्थानीयले शव फेला परेको जानकारी गराएलगत्तै खटेको प्रहरी टोलीले  पठाइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको पहिचानका लागि आफ्नो परिवारमा जो कोहि सम्पर्कविहीन भएको भए सम्पर्कमा आउन खबर गरिएको प्रहरी निरीक्षक तामाङको भनाइ छ ।