आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुनुहुन्छ अस्मिन राउत ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् ।
यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।
झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
किसानलाई आधुनिक प्रविधिसगँ जोडेर उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका– ६ का ४० कृषकलाई अनुदानमा कृषि यान्त्रिकरण वितरण गरिएको छ ।
चीनसँगको व्यापारिक नाका रसुवागढी राम्रो चलनचल्तीमा थियो । १० वर्षअघिको भूकम्पका कारण तातोपानी नाकामा ठुलो क्षति भयो । ठाउँ ठाउँको भिर पहिरोले नाका काममा आउन सक्ने भएन । विकल्पमा रसुवागढी नाका सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार विस्तार गर्न थालियो । यो नाकालाई २०७४ सालमा नेपाल र चीन दुवैले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि पूर्वाधार अझ राम्ररी विस्तार हुन थाल्यो । सुक्खा बन्दरगाह पूरा हुने क्रममा थियो । कोरोना महामारीका कारण लामो समय काम रोकि
प्राचीन कालदेखि नै शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको भूभाग कब्जा गरी उपनिवेश कायम गरेर त्यहाँको स्रोतसाधनको अधिकतम दोहन गर्दै आएका छन् । फिनिसन र ग्रिकहरूले भूमध्यसागरीय क्षेत्रमा आफ्नो नियन्त्रण बनाए भने रोमनहरूले युरोप, अफ्रिका र मध्यपूर्वका नगर राज्यलाई आफ्नो मातहतमा राखे, व्यापार बढाए । मध्यका
नागरिकले छानेका पात्र र पद्धतिबाट गरिने शासन लोकतन्त्र हो ।
गुरुपूर्णिमा, जसलाई व्यास पूर्णिमा, गुरु पूजा वा व्यास जयन्ती पनि भनिन्छ, हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइन्छ । गुरुपूर्णिमा शिक्षाका आदिपुरुष महर्षि वेदव्यासको स्मृति दिवसका रूपमा र गुरु तत्वको उपासना गर्ने पर्वका रूपमा स्थापित छ । गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्वसमेतलाई बुझ्नु पर्छ ।
आज गुरुपूर्णिमा । हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिनलाई गुरुपूर्णिमाको रूपमा मनाइन्छ । यो दिन शिक्षक, योग/आध्यात्मिक गुरु वा जीवनमा महत्वपूर्ण सल्लाह प्रदान गरेका व्यक्तिलाई भेटेर, उपहार दिएर, सम्झना र सम्मान प्रकट गरी एउटा पर्वका रूपमा नै मनाइन्छ ।
चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ ।
जुम्लाको सांस्कृतिक पहिचानका रूपमा रहेको परम्परागत ‘ढालनाच’ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी दलित समुदायका पुरुषले विवाह तथा विशेष अवसरमा पन्चैबाजाको धुनमा हातमा रुमाल र खुकुरीसहित गोलाकार घेरा बनाएर नाच्ने यो नाच पछिल्लो समय बिरलै देखिन थालेको छ ।
युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले देखाएको छ ।
वरिष्ठ पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौँ औपन्यासिक कृति ‘शकुन्तला’ सार्वजनिक भएको छ । उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्यताभन्दा भिन्नै किसिमले उपन्यास लेखिएको रिजालले बताउनुभयो ।