नेपाल भाषा मंकाः खलः, यलले ललितपुरका पौराणिक, ऐतिहासिक तथा मौलिक मखुन्डो नाचको संरक्षणमा समर्पित देवगण संस्थालाई ताम्रपत्र र नगदसहित सम्मान गर्दै दुई महत्वपूर्ण कृतिको विमोचन गरेको छ ।
पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि बन्द भएको प्याराग्लाइडिङको सोलो (एकल) उडान पुनः खुला गरिएको छ । पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै झन्डै तीन वर्षदेखि रोकिएको एकल उडान नयाँ कार्यविधि बनाएर पुनः खुला गरिएको हो ।
नेपाल उद्योग परिसङ्घको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसङ्घको २२ औँ वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको हिस्तान टिकोटगाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण र निलगिरि हिमाल । पहाडको शिरमा ढुङ्गेघरहरु रहेको टिकोटको आकर्षण प्रकृति र संस्कृति हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी समावेशी विकासमा आधारित नीति आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उहाँले जलवायु परिवर्तनको बढी असर कृषक र कृषि उत्पादनमा देखिएकाले यसको यसको न्यूनीकरण गर्न सक्ने नीति ल्याउन सबैको साथ हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले वस्तुको लेबलमै अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न समस्या भए वेबसाइटमा मूल्यसूची राख्ने विकल्पमा जान सकिने सुझाव दिनुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार तेस्रो सातासम्म तीन लाख ८० हजार ४९४ मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरे पनि हालसम्म सो परिमाण बराबर मल आयात भएको हो ।
सहकारी क्षेत्रमा ऋण असुली समस्या समाधान गर्ने बाटो खुलेको छ । कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएसँगै यस्तो वातावरण बनेको हो ।
नेपाल पत्रकार महासंघ बागलुङले रजत जयन्तीको अवसरमा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।
राष्ट्रिय सभाका सदस्य तथा विधि विज्ञानसँग सम्बन्धित विज्ञले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुनुपर्नेमा जोड दिनुभएको छ । मन्त्रीको नेतृत्वमा सञ्चालक समिति भए कामकारबाही र कार्यसम्पादन प्रभावकारी हुने उहाँहरूको तर्क छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७८ पैसा र बिक्रीदर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले विश्वविद्यालय सुधारका लागि आफूले आवश्यकता अनुसार चौबिसै घण्टा समय दिन तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बुधबार नै पदभार ग्रहण गर्दै उपकुलपति अर्यालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।