नवराज नेपाली
बागलुङ (गलकोट) असार २६ गते । नेपाल पत्रकार महासंघ बागलुङले रजत जयन्तीको अवसरमा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । २०५७ सालमा असार २५ गते स्थापना भएको बागलुङ शाखाले रजत जयन्तीको अवसरमा अहिले सम्मका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले ६ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको बताउनुभयो । पहिलो अध्यक्षको रुपमा रहनुभएको विदुर खड्का दिवंगत भइसक्नुभएको छ भने निर्वाचित पहिलो अध्यक्ष नारायणदत्त कँडेल अनुपस्थिति भएपछि छ जनालाई सम्मान गरिएको हो ।
सम्मान हुनेमा पूर्वअध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, हरीनारायण गौतम, राम बहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कँडेल रहनुभएको छ ।
रजत जयन्तीको अवसरमा महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको बाहुलीबाट पूर्वअध्यक्षलाई दोसल्ला, मेदल र सम्मान पत्रले सम्मान गरिएको थियो । बागलुङको पत्रकारितको संस्थागत विकास, शाखाको सक्रियता र पत्रकरिता क्षेत्रको विकासका लागि उहाँहरुको योगदान महत्त्वपूर्ण रहेको भन्दै सम्मान गरिएको थियोे ।
त्यस्तै, नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम र गौतमकी धर्मपत्नि पिम्ला गौतमले बाबुआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार कोषबाट महासंघले एक मुष्ट तीन वर्षका पुरस्कार तीन जनालाई प्रदान पत्रकार प्रदान गरेको थियोे । सम्मानित हुनेमा २०८० बाट पत्रकार प्रकाश बराल, २०८१ बाट तारानाथ आचार्य र २०८२ बाट प्रदीप पन्त पुरस्कृत हुनुभएको थियोे ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापना गरिएको अर्को पुरस्कार हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका चार पत्रकार सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरुमा किरण आचार्य , कोलिला कडेल, दिल शिरिष र सुवास आचार्य पुरस्कृत हुनुभएको हो ।
पत्रकार महासंघ बलुङमा स्थापना गरिएको उत्त पुरस्कारहरुको राशी २० हजार नगद सहित ७ जना पत्रकारहरलाई सम्मानित गरिएको अध्यक्ष थापाले बताउनुभयो ।