• २६ असार २०८२, बिहिबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, असार २६ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७८ पैसा र बिक्रीदर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८४ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६८  पैसा र बिक्रीदर १७२ रुपियाँ ४४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २२ पैसा र बिक्रीदर ८९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८६ पैसा र बिक्रीदर १०० रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १८ पैसा र बिक्रीदर ३२ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३५ पैसा र बिक्रीदर १४ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४५ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८६ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ २८ पैसा र बिक्रीदर ३५६ रुपियाँ ८४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस