• २६ असार २०८२, बिहिबार

रङ्गीचङ्गी चौँरीखर्क (फोटो फिचर)

blog

रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, असार २६ गते । रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा ।

मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब तीन घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ ।