अफगानिस्तान, असार २६ गते । अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गर्नुभएको हो ।
अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसङ्ख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसङ्ख्या ६१ लाख छ । जसमा ३१ लाख पुरुष र ३० लाख महिला छन् । सिन्ह्वा /न्यूज एजेन्सी नेपाल