रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले यस सप्ताहन्तमा उत्तर कोरियाको भ्रमण गर्नुहुने सरकारी मिडियाले बताएको छ । यो दुई देशले सैन्य सम्बन्धहरू गहिरो बनाउँदै गर्दा मस्कोका उच्च अधिकारीहरूको उच्च-स्तरीय भ्रमणहरूको शृङ्खलामा पछिल्लो हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई निलम्बित सांसद रवि लामिछाने कुनै समय भिजिट भिसामा अमेरिका जानुभएको हो कि होइन भनेर प्रश्न गर्नुभएको छ।
जापानका सम्राटको पहिलो राजकीय मङ्गोलिया भ्रमणका क्रममा राज दम्पतीले दोस्रो विश्वयुद्धको अन्त्यपछि नजरबन्द शिविरको अवलोकन गर्दै त्यहाँ मारिएका जापानी नागरिकको सम्झना गरेका छन् ।
बिबिसीले विश्लेषण गरेको अडियो रेकर्डिङले बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्ष विरोध प्रदर्शनमाथि घातक कारबाहीको आदेश दिएको सुझाव दिएको छ । यसका लागि उहाँमाथि मुद्दा चलिरहेको छ ।
चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ।
इरानको सुरक्षा स्थिति स्थिर भएको उल्लेख गर्दै रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको बुधबार जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदले प्राकृतिक विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीले बुधबार मोटरसाइकल र्याली निकालेका छन्।
कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणिमा जंगली च्याउँ खाँदा आमा छोरी बिरामी परेका हुन्।
बाजराको पूर्वीत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-६ धिमको झिनीका स्थानीयबासीले ६० वर्षपछि बल्ल खानेपानी खान पाएका छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ ।
सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणाधीन सवस्टेसन र आसपासको क्षेत्र ।
बाढी पहिरोबाट हुने जोखिमलाई न्यूनीकरण गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दोभानमा झण्डै डेढ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण गरेको छ ।