सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणाधीन सवस्टेसन र आसपासको क्षेत्र ।
बाढी पहिरोबाट हुने जोखिमलाई न्यूनीकरण गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दोभानमा झण्डै डेढ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण गरेको छ ।
वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको समस्या समाधानको माग गर्दै जनमत महिला सङ्घ पर्साले बुधबार वीरगञ्ज घण्टाघर परिसरमा बाल्टी, माटाको विभिन्न भाँडा बोकी विरोध प्रदर्शन गर्दै ।
बुधबार दिउँसो मालिका गाउँपालिका –३ लुप्सीपारमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर –१, सुख्खडमा लामो समय डोंडा नदीले कटान गरी बस्ती जोखिममा पर्न थालेपछि तट्बन्धन गरिएको छ ।
जापान सरकारले मानवसंसाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन (नेपाली रुपियाँ) बराबरको अनुदान दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।
पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताउनुभएको छ ।
त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर बाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिनुभएको हो । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा बिक्री गरिरहेका छन् ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जाजरकोटमा च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन् ।