चाँदनी आचार्य
घोडाघोडी (कैलाली), असार २५ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर –१, सुख्खडमा लामो समय डोंडा नदीले कटान गरी बस्ती जोखिममा पर्न थालेपछि तटबन्धन गरिएको छ ।
राष्ट्रपति चुरे, तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीको सहयोगमा चेक ड्याम निर्माणसहित नदी तटबन्धन गरिएको हो । आर्थिक वर्ष २०८१–८२ मा डोडा खोला तटबन्ध व्यवस्थापन उपभोक्ता समितिले २३ लाख ४३ हजार ७२६ रुपियाँ लागतमा चेकड्याम निर्माण तथा तट्बन्धनका लागि नदी कटान क्षेत्रमा जाली लगाउने काम गरेको हो ।
नदी कटानले घोडाघोडी बहुमुखी क्याम्पस, सुख्खड बजार, लोहरपुरको बस्ती समेत जोखिममा रहेको थियो । दुई लाख ४३ हजार ७२६ रुपियाँ उपभोक्ता समूहको श्रमदान तथा संरक्षण समितिको २० लाख ९९ लाख ९९९ रुपियाँ अनुदान सहयोगमा उक्त तटबन्धन निर्माण भएको हो ।
स्थानीय रणबहादुर बोहराले डोँडा नदीले धेरै क्षेत्र कटान गरेको जनाउँदै तट्बन्धनले कटान रोक्नलाई सहयोग गर्ने बताउनुभयो । उहाँले डोंडा नदी कटान क्षेत्रमा अझ धेरै तटबन्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।