• २५ असार २०८२, बुधबार

रूसको कुस्र्क क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु

blog

मस्को, असार २५ गते । युक्रेनको सिमानामा रहेको रूसको कुस्र्क क्षेत्रको समुद्री तटमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको क्षेत्रीय अधिकारीले बताएका छन् । 

कार्यवाहक गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममार्फत आक्रमण स्थल नजिकै कुनै सैन्य अखडा वा गतिविधि नरहेको र छुट्टीको समयमा बच्चाहरूका साथ परिवारहरू आराम गरिरहेका ठाउँमा आक्रमण भएको बताउनुभएको छ । 

मृतकमध्ये रूसी नेसनल गार्डका एकजना वरिष्ठ जनरल पनि रहेको जनाइएको छ । खिन्स्टेनले अधिकारी र एक सहकर्र्मीले पहिलो विस्फोटमा प्रतिक्रिया दिई नागरिकहरूलाई निकाल्न मद्दत गरिरहेको समयमा दोस्रो ड्रोन विस्फोट हुदाँ जनरलको मृत्यु भएको बताउनुभएको छ ।  

बालकसहित घाइते पाँच जनाको अवस्था गम्भीर रहेको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पठाइ अनुसन्धान भइरहेको खिन्स्टेनले बताउनुभएको छ । युक्रेनी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । रासस/सिन्ह्वा