• २५ असार २०८२, बुधबार

लहानमा प्रहरी चौकी भवन उद्घाटन

blog

जीवछ यादव

लहान, असार २५ गते । लहान नगरपालिका १३, १४ र २४ काे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे । 

उद्घाट्न कार्यक्रमममा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शान्ति सुरक्षा कायम गर्नको लागि स्थानीय स्थानीय आश्विन कुमार राउतले समुदायबाट चन्दा सङ्कलन गरेर दुई कठा जग्गा खरिद गरेर पक्की भवन निर्माण गरी अस्थायी चौकीलाई हस्तान्तरण गरेर नमुना कार्य गरेको बताउनुभयो । 

‘लहान नगरपािलिकाले समेत दुई लाख सहयोग गरेको भन्दै यस अस्थायी प्रहरी चौकीको लागि सबै संरचना पुरा भइ सकेकोले यसलाई स्थायी प्रहरी चाैकी बनाएर यसको स्तरनेन्नति गर्न आवश्यक छ। यसको लागि लहान नगरपालिकाले पहले गरिनेछ,’ उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मधेश प्रदेशका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले आफू इलाका प्रहरी कार्यालय लहानको प्रहरी नायब उपरीक्षक र जिलला प्रहरी प्रमुख भएर आएको समयमा यस भेगमा बढेको सामाजिक अपराध र शान्ति सुरक्षा कायम गर्नं अस्थायी प्रहरी चौंकीको लागि समेत पहल गरेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘लहान नगरपालिकाको १३ ,१४ र २४ नम्बर वडाका सङ्गमस्थल रहेको यस अस्थायी प्रहरी चौकीको सबै संरचना र मापदण्ढ पूरा भइसकेकोले यसको स्रोन्नति गरी प्रहरी सङ्ख्या थप गर्न पहल गर्नेछु ।’

२०६७ सालमा तीनवटै वडाका स्थानीयहरुलाई शान्ति सुरक्षाको लागि चुनौती हुनुको साथै अपराधिक गतिविधिहरु बढ्दै जान थालेपछि स्थाीयहरु तत्कालिन गृहमन्त्री भीम रावलसमक्ष ठाडो निवेदन दिएपछि अस्थायी प्रहरी चौकी कायम गरिएको थियो । 

अस्थायी प्रहरी चौकी स्थापना नभएको भए तीनै वडाका पहाडे समुदायहरु विस्थापित हुने अवस्थामा प्रहरी चौंकी स्थापानार्थ तत्कालीन गृहमन्त्री रावलले स्थानीयहरुको आवाज सुनेर अस्थायी प्रहरी चौकी कायम गरि दिएपछि स्थानीयहरु चन्दा सङकलन गरेर जग्गा खरिद गरी त्यसैमा पक्की भवन निर्माण गरेर आज भवनको हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भवन निर्माण समितिका अध्यक्ष आश्विनकुमार राउतले बताउनुभयाे ।