१. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ? ५० वर्ष
निजी क्षेत्रको आर्थिक भूमिका १. नेपालको संविधानबमोजिम निजी क्षेत्रको आर्थिक भूमिका उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य गर्नुपर्नाका कारणहरू प्रस्तुत गर्नुहोस् । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले के कसरी सहकार्य गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् ।
सेतीखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बागमती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।
चीनले हुम्लाको हिल्सा नाका भएर भारतीय तीर्थयात्री मानसरोवर जान अनुमति दिएसँगै सिमकोट विमानस्थलमा उडान बढेको छ ।
बुधबार सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्नहुने कार्यसूची छ ।
तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा गर्मी बढेकाले माग अनुसारको अन्डा उत्पादन नहुँदा भाउ बढेको हो । अन्डाको उत्पादन २५ प्रतिशतसम्म घटेपछि माग धान्न कठिन भएको सङ्घले जनाएको छ ।
आयातित बिउको प्रयोग बढिरहेका बेला रैथाने जातका बिउ संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । नेकपा (एमाले) केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागले मङ्गलबार आयोजना गरेको ‘रैथाने बिउ तथा पशु नस्ल संरक्षण, विकास र प्रवर्धन : आत्मनिर्भर कृषि र राष्ट्रिय स्वाभिमानको आधार’ विषय राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्ने सहभागीले रैथाने जात लोप हुन थालेकाले संरक्षण गर्न जोड दिएका हुन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको मनोबल बढाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । अर्थतन्त्रमा देखिएको शिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठुलो हिस्सा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमलाई सम्बोधन गर्ने गरी नीतिगत सुधार हुनुपर्नेमा महासङ्घले जोड दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धि तथा औद्योगिक विकासका लागि समग्र प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यसका लागि वर्तमान सरकारले चरणबद्ध रूपमा काम गरिरहेको जानकारी गराउनुभयो ।
ताप्लेजुङमा चट्याङले लागि घाइते भएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू (देवान) को उपचारको क्रममा मृत्यु भएको हो ।
वैदेशिक रोजगारीका लागि बाहिरिनेको सङ्ख्या बढ्दा नेपाल भित्रिने विप्रेषण निरन्तर उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार विप्रेषण बढ्ने क्रम जेठमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ ।
यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो ।
नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी नौ जनाको मृत्यु भएको छ ।