सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लामो समयदेखि बन्द रहेको सेवाहहरु सञ्चालनमा आएको छ । अस्पतालमा लामो समयदेखि बन्द रहेका एचडीयु र एनआइसीयु सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ ।
चलचित्र ‘मिरमिरे’ ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबिचको कथा छ । बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई कथाको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु, साइसा गौचनलगायत कलाकार देख्न सकिन्छ ।
बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं ११ लालपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित ‘छलिया नाच’ पछिल्लो समय बैतडी जिल्लामा नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । परम्परागत वेशभूषा, सामूहिक लय र उत्साहपूर्ण प्रस्तुतिले भरिएको नाच बैतडीको सामाजिक जीवनसँग गहिरोसँग गाँसिएको पाइन्छ ।
नेपाल व्यावसायिक कलाकार सङ्घको ३१ औँ स्थापना दिवस र राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा ललितकला क्षेत्रका १५ जना कलाकार सम्मानित एवं पुरस्कृत हुनुभएको छ । ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १० कार्यालयबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ । गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले पुस २१ सम्म विभिन्न १० वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।
सप्तरीको बलान बिहुल गाउँपालिकामा सित लहरबाट प्रभावित विपन्न समुदायका एक सय जनालाई कम्बल वितरण गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागको अनुगमन टोली बुधबार काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना गरेको छ । विभागको अनुगमन टोली दर्ता वा नवीकरण नभई वा तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला बिक्री गरेको कसुरमा चार प्लास्टिक उद्योगलाई जरिबाना गरेको हो । विभागले मङ्गलबार पनि दुई त्यस्तै उद्योगलाई जरिबाना गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबिच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारी भएको छ । त्यससम्बन्धी पत्रमा बुधबार कोषको कार्यालयमा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरे र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ । अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबिच आर्थिक सहकार्यका क्षेत्रलाई अझै फराकिलो बनाउँदै जानुपर्ने बताउनुभएको छ ।