मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ ।
तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ ।
यहाँको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।
काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ ।
कालीगण्डकी नदीमा उत्खननकाे काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मोदीवेणी धाममा व्यानर प्रदर्शन गरेको छ ।
सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ गरेको छ ।
सिराहाको धार्मिक पर्यटकीय स्थलमध्ये लहान नगरपालिका-१८, पकडियागढ र लक्ष्मीपुरपतारी वडा ३ पतारी पोखरीमा वैशाख २ गते भक्तजनहरु ठुलो घुइँचो लागेको थियो ।
गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टीकाटिप्पणीप्रति स्पष्टीकरण दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय संसद् अन्तर्गतका विभिन्न विषयगत समितिको सभापति र सचेतकको जिम्मेवारी तोकेको छ ।
तनहुँको व्यास नगरपालिका–५, मानुङकोटबाट देखिएको मादी नदी, साँगे फाँट र पतेनी गाउँ ।
बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको राप्तीसोनारी गाउँपालिका–२ मदुईस्थित पश्चिमी क्षेत्रको मूल नहर । यो नहरबाट जिल्लाको विभिन्न स्थानीय पालिकाका विभिन्न वडाहरुमा सिँचाइ व्यवस्था गरिएको छ । तस्बिरः गजेन्द्र गुरुङ
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नौ महिनाको अवधिमा साेह्र हजार बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ ।
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटेका छन् ।
बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोनसहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
भारतको संसदमा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ ।