कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।
। मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–७, गम्थामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका स्थानीयलाई नागरिकता, जग्गालगायतका विभिन्न सरकारी कामकाज गर्न सहज हुने उद्देश्यले उक्त वडाको गम्थामा कार्यालय स्थापना गरिएको हो।
काठमाडौँ, वैशाख ३ गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो बजारका रूपमा परिचित नेपालगन्ज बजार केही वर्षअघिसम्म यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट आवश्यक सामान खरिदका लागि आउने प्रमुख हाटबजार थियो।
तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । वर्षारम्भबाट साढसात शनिदशा प्रारम्भ हुने भएकाले सोचेका योजनामा ढिलासुस्ती गराउने छ । वर्षारम्भमा आँटेका काममा केही बाधाअड्चन आइपरे पनि साउनउप्रान्त बृहस्पतिको अनुकूलताले गर्दा सामाजिक एवं धार्मिक काममा गहिरो अभिरुचि बढेर जाने छ । सो समयभित्रमा कर्मचारी वर्गका लागि मानसम्मानका साथै पदप्रतिष्ठामा समेत वृद्धि गराउने छ । वर्षको उत्तरार्धमा युवकयुवतीका लागि प्रेम मनोरञ्जनका साथै नयाँ दाम्पत्य जीवनको लगनगाँठो जुर्ने योगसमेत रहेको छ । वर्षको मध्यभागमा वैदेशिक यात्रा एवं भ्रमणका अवसर मिल्ने छन् । दाम्पत्य सम्बन्धमा माधुर्यताको आभास हुने छ । पशुपालन एवं कृषिकर्म गर्नेका लागि वर्ष राम्रो देखिन्छ भने व्यापारिक वर्गका लागि समेत अनुकूल रहने छ । स्वास्थ्यस्थिति अनुकूल रहने छ भने पारिवारिक सुख सन्तोषप्रद हुने देखिन्छ ।
कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन् ।
महोत्तरीको बर्दिबासमा “आदिवासी जनजाति महोत्सवको पाँचौं संस्करण २०८३” आयोजना हुने भएको छ ।
नयाँ वर्षको दिन कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुबै जना युवकको शव फेला परेको छ । पाल्पाको बगनासकाली–७, दैलातुङ्स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगनासकाली–९, चापपानीका ३९ वर्षीय शरण भुसाल र सोही स्थानका २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता हुनुभएको थियो ।
धनुषाको सबैला नगरपालिका–१२, का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला पर्नुभएको छ । इलाका प्रहरी कार्यालय सबैलाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको हो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले पालिकाभित्रका बालिकालाई पाँच हजार रुपियाँसहितको बैङ्क खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका बालबालिकाको बैङ्क खातामा पाँच हजार रुपियाँ जम्मा गरेको छ । पहिलो पटक ३६ जना बालिकालाई रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुुभयो ।
तनहुँमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भूमिहीन किसानहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ “करार खेती सहयोग कार्यक्रम’’ कार्यान्वयनमा ल्याएको छ ।
थारू समुदायको मौलिक खेलको रुपमा रहेको ‘भोदि’ खेलको संरक्षणमा पश्चिम नवलपरासीको रामग्रामका थारू युवाहरू सक्रिय भएका छन् । उनीहरू नवलपुरमा आयोजित प्रथम राष्ट्रिय भोदि खेल प्रतियोगितामा समग्र लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेर उपविजेता बन्न सफल भएका छन् ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित गलेश्वरधाममा सञ्चालन हुँदै आएको गुरुकुल शिक्षा परम्परा विभिन्न समयका स्वार्थ र व्यवस्थापन समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै अन्ततः ओझेलमा परेको छ।
व्यास नगरपालिका–१० मा सञ्चालित ‘वैरेनी जग्गा एकीकरण आयोजना’ को काम अन्तिम चरणमा पुगेको छ ।