सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरेको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ ।
पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का दुई जना केन्द्रीय सदस्य सहित सात जनाको नाम प्रदेश कमिटिमा सिफारिस भएको छ ।
सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् । उनले इरान बाहिरी शक्तिको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।
कैलालीसहित पश्चिम तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठुलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ । माघ पर्व नजिकिएकाले थारू समुदायका मानिस माघको तयारी (सामाजामा) मा जुटेका हुन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री।
नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।
नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ।
देवचुली नगर अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु हुने भएको छ । नवलपुरको देवचुली नगरपालिकाले केही दिन अघि मात्रै उद्घाटन गरेको नव निर्मित अस्पताल भवनबाट शव परिक्षण सेवा सुरु गर्न लागिएको हो ।