खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्ट पार्नुभएको हाे ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका सात सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
बैतडीमा खैरो हेरोइन कारोबारमा पाँच जना पक्राउ परेका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
सुर्खेतको लेकबेशी नगरपालिका–७स्थित पुलटारमा राउटे समुदायका बालबालिकाहरु।
गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।
सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ ।
हरेक बिपद्, विपन्न र बिरामीहरूलाई सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पेट्रोलपम्पहरूको अनुगमन गरिएको छ । आधिकारीक रूपमा दर्ता भएका तर व्यवस्थित नभएका पेट्रोलपम्पहरूको अनुगमन गरिएको हो ।
नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ। पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । मङ्गलबार राति महोत्सव सम्पन्न भएको घोषणा गर्दै संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताउनुभयो ।
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम साइडमा मेसिनले च्यापिँदा एक कामदारको मृत्यु भएको छ भने पृथ्वी राजमार्गको ठुलोढुङ्गामा भएको अर्को दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएका छन् ।