नेपाल कृषि प्रधान देश हो । यो भनाइ केवल पाठ्यपुस्तकको वाक्य होइन, समाजको वास्तविक अनुहार हो । देशका ६० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा कृषि पेसामा आबद्ध छन् । कुल गार्हस्थ उत्पादनमा करिब २४ प्रतिशत योगदान यसै क्षेत्रबाट आउँछ । पुर्खौंदेखि निरन्तर अभ्यासमा रहेको यो पेसाले नेपाली किसानलाई औपचारिक तालिमबिना पनि अनुभवजन्य दक्षता प्रदान गरेको छ । उर्वर माटो, विविध हावापानी, प्रशस्त
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
विसं २०१७ मा जनकपुर चुरोट कारखाना स्थापना गर्न स्थानीयवासीको ३३.५ बिघा जग्गा अधिकरण गरियो । २०१९ मङ्सिर ८ गतेदेखि रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा कारखाना निर्माण कार्य सुरु भयो । २०२१ सालमा उद्घाटन भई यस कारखानाले उत्पादन गर्न सुरु ग¥यो । देशभर १०५ वटा शाखामा करिब तीन हजार स्थायी कर्मचारी र तीन हजारभन्दा बढी अन्य व्यक्ति काम गर्थे । तीन अरबसम्म चुरोटको खि
स्याङ्जाको विरुवाबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिस्काः जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाउनुभएको थियो ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित १९ औँ दुईदिने कलासाहित्य यात्रा सम्पन्न भएको छ । मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कलासाहित्य यात्रा यस पटक सल्लेरीमा गरिएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कारसमेत प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्लले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँती
फालेलुङ गाउँपालिका–४ स्थित चाररातेको उच्च हिमाली चौरमा आयोजित नवौँ चौँरी पर्यटन महोत्सव बुधबार सकिएको छ । चैत ३० गते सुरु भएको महोत्सवमा चौँरी हेर्न यस वर्ष गत वर्षभन्दा दोब्बर बढी पर्यटक आएका थिए ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ १० पैसा र बिक्रीदर १४९ रुपियाँ ७० पैसा तोकिएको छ ।
टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको छ । “२०८२ वैशाख १ गते पाँच लाख रुपियाँ राजस्व उठेको थियो,” टीकापुर नगरपालिकाको पार्क शाखाका प्रमुख अर्जुन कुँवरले भन्नुभयो, “यस वर्ष एकैदिन १४ हजार ८३१ जना पर्यटकले पार्क प्रवेश गरेका छन् भने सात लाख ७० हजार १६० रुपियाँ राजस्व उठेको छ ।”
जुम्लाको गुठीचौर गाउँपालिका–३ स्थित धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा स्याउका तीन सय बिरुवा नष्ट भएका छन् । अर्गानिक एप्पल एन्ड फर्म अन्तर्गत रहेको उक्त बगैँचा गुठीचौर गाउँपालिका–५ कुम्डीगाउँका हरिबहादुर भण्डारीको हो । उहाँ गुठीचौर गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाका चार वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको छ । विभागले मङ्गलबारदेखि इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य सुचारु गरेको हो ।
हरेक स्तर र प्रकृतिका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अर्थतन्त्रमा योगदान मापन गर्ने उद्देश्यसहित बुधबारदेखि देशैभर आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले असार ७ गतेभित्र स्थलगत तथ्याङ्क सम्पन्न गर्ने गरी बुधबारदेखि देशैभर गणक खटाएको हो ।
चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ ।