हरेक बिपद्, विपन्न र बिरामीहरूलाई सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पेट्रोलपम्पहरूको अनुगमन गरिएको छ । आधिकारीक रूपमा दर्ता भएका तर व्यवस्थित नभएका पेट्रोलपम्पहरूको अनुगमन गरिएको हो ।
नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ। पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । मङ्गलबार राति महोत्सव सम्पन्न भएको घोषणा गर्दै संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताउनुभयो ।
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घर–घरमा खानेपानीको धारा वितरण गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम साइडमा मेसिनले च्यापिँदा एक कामदारको मृत्यु भएको छ भने पृथ्वी राजमार्गको ठुलोढुङ्गामा भएको अर्को दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएका छन् ।
सप्तरीका विष्णुपुर गाउँपालिका वडा-५ का ४० वर्षीया प्रभु मण्डललाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । सरस्वती पूजा नजिकिँदै गएपछि उहाँलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
उच्चपदस्थ निजामती कर्मचारीहरूको साझा संस्थाको रूपमा रहेको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्र (कामाद) को अध्यक्षमा नेपाल सरकारका सहन्यायधिवक्ता कोषहरी निरौला चयन हुनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।
उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा आठ करोड रुपियाँको कारोबार भएको छ । सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरेका छन् ।
लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ ।
गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ , चित्रसारी पुल नजिक बुढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।
केही वर्षअघिसम्म सडक, पूर्वाधार, स्वास्थ्य शिक्षामा पछाडि रहेको स्याङ्जाको आँधीखोला गाउँपालिकाले पछिल्ला दिनमा भने विकासमा महत्वपूर्ण फड्को मारेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् ।
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका अन्तर्गत छोसेरका ६७ वर्षीय छेप्टेङ गुरुङ चिसोबाट बच्नका लागि बेँसी झरिसक्नुभएको छ ।