गोरखापत्र संस्थानअन्तर्गतको अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक पदमा ऋतुराज सुबेदी नियुक्त हुनुभएको छ ।
सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले वि.सं. २०६२/६३ को जनआन्दोलनदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्धालाई जबरजस्ती करणी गर्ने व्यक्त पक्राउ परेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको कार्यान्वयन अघि बढेको छ।
सरकारले अघि सारेको शासकीय सुधारको कार्ययोजना अन्तर्गत म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने कार्यको औपचारिक सुरुवात गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनीत गरेको छ ।
स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाउनुभएको छ । सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलङ्का उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमश: पहिलो र दोश्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसँग हुनेछ भने श्रीलङ्काले पाकिस्ता विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रधानमन्त्री बालेन शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।
राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ ।
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
सुनसरी बराहक्षेत्र नगरपालिका-६ बाट ठूलो परिणामा लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।