राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सुरु गरेकाे छ ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ ।
विश्वव्यापी अस्थिरता र द्वन्द्वले अन्तर्राष्ट्रिय परिदृश्य थप जटिल बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन-रुस सम्बन्धलाई ‘विशेष रूपमा बहुमूल्य’ भन्दै यसको रणनीतिक महत्त्व अझ बढेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मङ्गलबार फेरिएका मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराउनुभयो ।
भक्तपुरको मध्यपुरथिमिमा आज बिहानैदेखि हर्षोल्लासका साथ प्रसिद्ध सिन्दूर जात्रा अर्थात् 'सुथसिया' (बिहानीको जात्रा) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मनाइने यो जात्रामा थिमिका बासिन्दाहरूले टोलटोलका देवीदेवता विराजमान खटहरूलाई सिन्दूरले रंगाएर नगर परिक्रमा गराएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले मङ्गलबार बिहान राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको छ । बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने उहाँका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ ।
गुल्मीमा रेविज रोगको जोखिम न्युनीकरण गर्न ६१६ छाडा तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका ६ स्थानीय तहका कुकुरहरुको बन्ध्याकरण गरेर रेबिजबिरुद्धको खोप प्रदान गरिएको हो ।
पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ ।
नयाँ वर्ष २०८३ को पहिलो दिन मङ्गलबार बाँकेको राप्तीसोनारी –९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानमा पुगेर करिब १० हजार सर्वसाधारणले उद्यानको अवलोकन गरी नयाँ वर्ष मनाएका छन् ।
धवलागिरि गाउँपालिका–५, मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
भारतको विहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले बुधबार विहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
रूपन्देहीको बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी–२०८३ हुने भएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान—स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित वैशाख ५ गते प्रदर्शनी गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत् जनाएको छ।
दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ कार्यनीति कार्यान्वयनमा ल्याएको छ ।