वैदेशिक रोजगारीको मोह त्यागेर १२ वर्षअघि गाउँमै पशुपालन व्यवसाय सुरु गर्नुभएका म्याग्दीका ४२ वर्षीय सुरेश ढुङ्गाना अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । पशुपालन व्यवसायप्रतिको उहाँको लगन, परिश्रम र निरन्तरताले सफल कृषकको परिचय दिलाएको छ ।
स्याङ्जाको भिरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेको छ । नगरपालिकाले बगरक्षेत्रमा परीक्षणका लागि तरबुजा खेती सुरु गरेको थियो ।
वर्षा सुरु हुनासाथ बुटवल उपमहानगरपालिका अन्तर्गत ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दामा पहिरो र बाढीको त्रास दोहोरिने गरेको छ । यहाँको विपत् आकस्मिक घटना नभई बर्सेनि दोहोरिने नियति जस्तै बनेको छ । हरेक वर्ष दोहोरिने यस्ता विपत्का घटनाबाट त्रास कायम रहेको छ भन्दै ज्योतिनगरस्थित मिलनपथका पहिरोपीडित सत्यनारायण शर्माले दीर्घकालीन समाधानका लागि राज्यले चासो नदिएको गुनासो गर्नुभयो ।
रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेला क्षेत्रका महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका छन् । घरका पुरुष सदस्यको सानो सहयोग, स्थिर बजार र राम्रो आम्दानी हुने भएकाले यहाँका मध्यमवर्गीय महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् ।
रुकुमपश्चिमस्थित जिल्ला अस्पताल भवन निर्माणका लागि दुई पटक म्याद थप हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको करिब अन्तिम चरणमा रहेको अस्पताल पूरा गरेर हस्तान्तरण गर्न अझै म्याद थप गर्नुपर्ने बताइएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाको बलमिच्याइँका कारण करोडौँ रुपियाँको बजेट दुरुपयोग भएको छ । धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानस्थित जाखोर तालपरिसरमा सिमेन्टको ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्यमा ठुलो बजेट दुरुपयोग भएको हो ।
नयाँ वर्षको दिन झापामा अत्यधिक सवारी बढेको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रहनुभएको छ ।
डडेलधुराको भित्री मधेश जोगबुढा क्षेत्रबाट रोजगारी र दैनिक उपभोग्य वस्तुदेखि औषधी उपचारका लागि जाने नजिकको अस्पताल, बजार क्षेत्र भनेको भारतको टनकपुर, वनवासा क्षेत्र नै हो । नयाँ वर्ष लागेसँगै बिसुपर्व मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्कंदै गरेका सयौँ जोगबुढावासी जोखिम मोलेरै डुङ्गाको भरमा महाकाली नदी तर्न बाध्य छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकाली नदीमा पुल नहुँदा स्थानीयवासीले डुङ्गाकै सहारा लिनु परेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा बिगबोल्ड अर्थात् ठुला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षा आउनुअगावै कटान रोकथामको काम सुरु गरिएको छ ।
मिथिला क्षेत्रको विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व ‘जुडशीतल’ यतिबेला तराई–मधेशमा बुधबार (आज) हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने यो पर्वलाई ‘जुडशीतल’, ‘बाइस पावनी’ र ‘सिरुवा’ जस्ता विभिन्न नामले पनि चिनिन्छ ।
तनहुँको आँबुखैरनी गाउँपालिका–१, बरादीस्थित मर्स्याङ्दी नदीको ड्याम क्षेत्रमा नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय रूपमा टिका मगर (ढल्के) कोनदीमा नुहाउने क्रममा बुधबार बेपत्ता हुनुभएको हो ।
चालु आर्थिक वर्ष सम्पन्न हुन अब जम्मा तीन महिना मात्र बाँकी रहँदा वार्षिक रूपमा आउने औषधी हालै हुम्ला आइपुगेको छ । उक्त औषधी प्रदेश आपूर्ति निर्देशनालय, सुर्खेतले खरिद गरी चैत अन्तिम साता पैदल मार्गबाट ढुवानी गरेर हुम्ला पठाएको हो ।
हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।