आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा भूमिहीन दलित एक जना र अव्यवस्थित बसोवासी १४ जना गरी कुल १५ जनाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
कठ्याङग्रिदो चिसोको असर पूर्वपश्चिम राजमार्ग विस्तार कार्यमा समेत देखिएको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड)अन्तर्गत अहिले सर्लाही, महोत्तरी र धनुषामा राजमार्गलाई चार लेनको बनाउने काम जारी छ ।
कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपतन गराएका छन् । जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका तथ्याङ् अनुसार, पछिल्लो पाँच महिनामा २० वर्ष कम उमेर समूहका ३० जना र २० वर्षमाथिका ९८८ गरेर एक हजार १८ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका हुन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् ।
जेनजी आन्दोलनसँगै अन्योल र अस्तव्यस्त बनेको मुलुक क्रमशः लयमा फर्कंदै छ । यो आन्दोलनले खोजेको परिवर्तनलाई संस्थागत गर्न आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन प्रक्रिया भने सुरु भइसकेको छ । हाम्रो निर्वाचन प्रणाली मिश्रित खालको छ । समानुपातिक निर्वाचनबाट ११० जना र प्रत्यक्ष निर्वाचनबाट १६५ जना चुनिन्छन् । यसरी कु
सार्वजनिक सङ्गठन सामाजिक आवश्यकता पूरा गर्ने जीवन्त संरचना हुन् । सङ्गठन समयसँगै गतिशील हुनु पर्छ । सामाजिक परिवेशमा आएका परिवर्तन र सर्वसाधारणका आवश्यकता अनुरूप सङ्गठन निरन्तर अनुकूलित हुँदै जान सकेनन् भने आफ्नै औचित्य पूरा गर्न सक्दैनन् । डेनहार्टद्वयका अध्ययन अनुसार सार्वजनिक व्यवस्थापनलाई परिवर्तन गर्ने पाँच स्थायी कारण छन् ।
नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधिसम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा मङ्गलबारदेखि सुरु भएको तालिम बिहीबारसम्म चल्ने छ ।
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।
नेपालको विकास र सामाजिक न्यायको सुनिश्चिततामा सार्वजनिक संस्थानको भूमिकालाई कहिल्यै बेवास्ता गर्न सकिँदैन । विसं १९९३ को प्रारम्भिक पाइलादेखि आज देशको शिक्षा, स्वास्थ्य, ऊर्जा, सञ्चार, पूर्वाधार र वित्तीय क्षेत्रसम्म आफ्नो जरा फैलाएका यी संस्थानहरू राष्ट्रको आर्थिक स्थायित्व, सामाजिक समावेशिता र दिगो विकासको आधारशिला हुन् । दशकौँदेखि राज्यको कल्याणकारी
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
१. अमेरिकाद्वारा ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नामक सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ? सन् २०२६ जनवरी ३
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको छ ।
कार्बन व्यापार १. कार्बन व्यापार भनेको के हो ? नेपालमा कार्बन व्यापारका लागि के कस्ता नीतिगत, कानुनी तथा संस्थागत प्रबन्ध गरिएको छ ? जानकारी गराउँदै कार्बन व्यापारका लागि आयोजना विकास गर्न पहिचान गरिएका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।