आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको छ ।
कार्बन व्यापार १. कार्बन व्यापार भनेको के हो ? नेपालमा कार्बन व्यापारका लागि के कस्ता नीतिगत, कानुनी तथा संस्थागत प्रबन्ध गरिएको छ ? जानकारी गराउँदै कार्बन व्यापारका लागि आयोजना विकास गर्न पहिचान गरिएका क्षेत्रहरू उल्लेख गर्नुहोस् ।
अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको समयमा हामीले समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भन्नुभयो, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको इन्चार्जको जिम्मेवारी पुनः तिलकुमार मेन्याङ्बोले पाउनुभएको छ । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी मेन्याङ्बोले पाउनुभएको हो ।
सल्यानमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मौलिक तथा परम्परागत लोककला र संस्कृतिप्रति चासो बढ्दै गएको देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा आयोजित खेलकुद प्रतियोगिताका क्रममा बालबालिकाले पैंसरी (लहरे) र हुड्केली नाच प्रस्तुत गर्दै आफ्नो संस्कृति संरक्षण र सिकाइप्रति उत्साह देखाएका हुन् ।
घरविहीन जीवन, चरम आर्थिक अभाव र एकल महिलाको भारी जिम्मेवारीबिच वर्षौँदेखि संघर्ष गर्दै आउनुभएका प्रमिला चौधरीका लागि अन्ततः सुखद क्षण आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विदेशी मुद्रा भित्र्याउने र व्यापार घाटा कम गर्ने निर्यात व्यापार रहेकाले यसलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
यस वर्षको मध्य चिसोयाममा पनि गोलभेँडाले प्रशस्त मूल्य पाउँदा सर्लाहीका किसान मक्ख छन् । अघिल्ला वर्षमा शीतलहर चल्ने याममा गोलभेँडा बिक्री नभएर किसान हैरान हुन्थे । केजीको १०/१२ रुपियाँमा पनि बेच्न मुस्किल पथ्र्यो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लाग्न थालेको छ । प्रतितोला दुई लाख ७० हजार रुपियाँ पुगेर दुई लाख ५९ हजार छ सय रुपियाँसम्म झरेको सुनको मूल्य गत आइतबारदेखि पुनः बढ्न थालेको हो ।
गल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ ।
सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो ।
अनलाइनमार्फत व्यापार गर्नेले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मसौदामा यस्तो प्रस्ताव गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ प्रतिवेदन अनुसारसो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालनमा छन् । तिनको औसत नाफा १३.९ प्रतिशत छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ ।