नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भएको चलचित्र ‘पहाड’ प्रिमियरले राम्रो प्रशंसा पाएको छ । निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्रले बेरोजगारी, मानवविहीन रित्तिएको पहाड र पानीको समस्यालाई चित्रण गरेको छ । निर्देशक तथा कलाकार नीर शाहले एउटा मौलिक चलचित्र हेरेको बताउनुभयो । उहाँका अनुसार चलचित्रले नेपालीपनलाई उजागर गरेको छ । निर्देशकले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई देखाउनुभएको छ । चलचित्रले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ ।
नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन हुने भएको छ । सोसल पब्लिक स्कुल बुद्धचोकको प्रस्तुति र पोखरा थिएटरको सहकार्यमा वैशाख ३ देखि ५ गतेसम्म पोखरा थिएटरमा नाटक नियमित मञ्चन हुन लागेको हो ।
पश्चिम नवलपरासीको सुनवलमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।
कैलालीमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–८, गुलारामा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प। ०१–००१ ज १४२१ नम्बरको हाईस र विपरीत दिशाबाट आइरहेको सु.प. ०१–०१३ प ५१३९ नम्बरको मोटरसाइकल मङ्गलबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् ।
विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
देवताले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा धामी कापेर बालुवा खाने प्रसिद्ध तथा शक्तिशाली मानिने घटाल बाबाको विशु जाँत (मेला) आज बुधबार वैशाख २ गते लाग्दै छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो दुई सातामा आफ्ना गतिविधि विभिन्न संरचनात्मक तथा नीतिगत परिमार्जन सेवा प्रवाह सुधार र शुशासनका क्षेत्रमा नयाँ पहल अघि बढाइरहेको जनाएको छ । गत चैत १३ गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ नियुक्त भएसँगै मन्त्रालयले यी क्षेत्रमा परिवर्तनको प्रयास थालेको हो ।
एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा सवा लाख रुपियाँले बढेको छ । २०८२ वैशाख १ मा प्रतितोला एक लाख ८४ हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक लाख १५ हजार पाँच सय रुपियाँले बढेर मङ्गलबार दुई लाख ९९ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
यही आइतबार (चैत २९ गते) वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रम थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिर छ। यस जिल्लाको रेसुङ्गा नगरपालिका-१३ र गुल्मीदरबार गाउँपालिका३ को सिमानास्थित भुवाने पार्क राम्चे डाँडा एक करोड बढी लागतमा निर्माण गरिएको हो।
चैत–वैशाखमा हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने कमी आएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठुलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने गरेकोमा अहिले सुधार आएको हो ।