नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार तिर्थालुले दर्शन गरेका छन् ।सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।
मोरङ कारागारभित्र लागुऔषध छिराउने प्रयास प्रहरीले विफल पारेको छ ।
बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो स्थापनाको दुई वर्षभित्र कुल ६१ हजार ८२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै आगामी वर्षदेखि विशेषज्ञ सेवाहरू थप विस्तार गर्ने लक्ष्यसहितको भावी योजना प्रस्तुत गरेको छ ।
नयाँ वर्षका दिन म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको धार्मिक स्थल महारानी थानमा भक्तजनको भीड लागेको छ ।
टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गोलीकाण्डले देशमा विद्यालय सुरक्षाबारे पुनः गम्भीर चिन्ता उत्पन्न गराएको छ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।
ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ उत्साह र उमंगका साथ अघि बढ्न नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सल्यान जिल्लाभित्रका विभिन्न सडक खण्डमा पछिल्लो समय वन्यजन्तुका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि वन्यजन्तु मैत्री संरचना निर्माण गर्नुपर्ने माग उठ्न थालेको छ ।
अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ ।