रिडी–रुद्रवेणी–वामीटक्सार मुख्य सडकखण्डको खैरेनीबाट डेढ घण्टाको उकालो उक्लेपछि भार्से पुगिन्छ ।
धेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वृक्षरोपण एक मात्र विकल्प भएको बताउनुभएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले दोस्रो संस्करणका लागि करण केसीसहित ६ खेलाडी रिटेन गरेको छ ।
कालीगण्डकी करिडोरमा पर्ने नवलपरासी (बर्दाघाट-सुस्तापूर्व) को बौदीकाली गाउँपालिकास्थित डेढगाउँ । करिडोर निर्माण भएपछि कालीगण्डकी नदी किनारका दुर्गम गाउँ सुगम बन्दै बजार र व्यापारिक केन्द्रमा परिणत हुन थालेका छन् ।
यस वर्ष नवलपुरबाट एसइई दिएका पाँच हजार सात सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जिपिए प्राप्त गरेका छन्। ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एक जना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन्। जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बाबु सुनिलकै प्रेरणाले पाँच वर्षको उमेरमा रिङमा होमनिुभएका याङतैन लामा अहिले कराते खेलमा आशलाग्दो खेलाडीको रुपमा उदाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा जान लागेको जानकारी गराउनुभयो।
प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ। प्रतिनिधिसभाको शनिबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो। उक्त विधेयक बहुमतले पारित भएको हो।
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले यहाँ अयोजना गरेको ‘जबजका तिन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।
सिराहाको अर्नमा गाउँपालिका –१, बुढियाचापमा शनिबार दलित समुदायको एक युवकको शव फेला परेको छ । स्थानीय ३४ वर्षीय अजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी गराउनुभयो । उहाँको अनुसार प्रादेशिक अस्पताल सिरहामा पोष्टमार्टम भइरहेकोछ ।
सिन्धुपाल्चोकको मेलम्चीमा यात्रुबस दुर्घटना भएको छ । बागमती प्रदेश –३–०१–००५ ख. ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले १५ दिने तालिम सञ्चालन गरेको हो ।
अविरल वर्षाका कारण हिमाली भेगका बासिन्दा पनि बाढी पहिरोसहितका प्राकृतिक विपद्को उच्च जोखिममा परेका छन् ।
पाकिस्तानको उत्तर-पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ ।