सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको मङ्गलबार अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो मतभार अनुसारको सिट सङ्ख्या पाए प्रमुख दलसँग सहकार्य गर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेल हुँदा नेकपाले कम्तीमा चार सिट पाउनुपर्ने दाबी गरेको छ ।
कान्ति बाल अस्पतालले एक हजार शय्यमा विस्तार गर्ने योजना अघि सारेको छ । कान्ति बाल अस्पतालको ६४ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक डा. पङ्कज रायले अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्ड समस्याग्रस्त अवस्थामा गुज्रिरहेको बताइएको छ । स्वास्थ्य बिमा बोर्डले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डले समयमा सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको जनाएको छ ।
सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पाँचथरको फिदिम नगरपालिका –१० मा सञ्चालन भइरहेको याङनाम आधारभुत विद्यालयमा अध्ययनरत ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक सूचीमा समानुपातिक प्रणालीको गम्भीर दुरुपयोग भएकोभन्दै आदिबासी सम्बद्ध संघ संस्थाले आपत्ति जनाएका छन् ।
गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबलिने गरी भएका घटनाप्रति ध्यानाकर्षण गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ ।
युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्दै आएका नेपाली समुदायले त्यहाँ नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा अग्रसर गराउने एकमात्र प्रभावकारी उपाय डिजिटल नेपालको स्पष्ट रोडम्याप रहेको बताउनुभएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले सरकारले बिमा कार्यक्रम जोगाउन एउटा नीति लिनुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनका लागि प्रदेश संयोजक तोकेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।