हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सप्तरीसहित मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइँदै आएको जुड़शीतल पर्व बुधबार बिहानैदेखि हर्षोल्लासका साथ मनाइँदै छ ।
ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका स्थानहरूको प्रवर्धन र वीर पुर्खाहरूको साहसलाई सम्मान गर्दै नेपाली सेनाको आयोजनामा सञ्चालित चौथो ऐतिहासिक ‘गोरखा–जितगढी’ पदयात्रा टोलीले बुधबार तनहुँ खण्डको यात्रा पूरा गर्दैछ ।
आज (बुधबार)देखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि एकमहिने अभियान सुरु गरेको छ । सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गरी मङ्गलबार अभियान आरम्भ गर्नुभएको हो । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न र पार्टीलाई पुनः सङ्गठित गर्ने उद्देश्यसाथ ‘जरा अभियान’ घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ११ पैसा र बिक्रीदर १४९ रुपियाँ ७१ पैसा तोकिएको छ ।
काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।
सङ्घीय संसद् सदस्यका लागि स्वकीय सचिवको योग्यता निर्धारणको प्रक्रिया तथा आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाउन संसद् सचिवालयले सरकारलाई सिफारिस गरेको छ । सोमबारको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने भएको छ । छात्रवृत्ति वितरण प्रणालीलाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पहल गरेको हो ।
पश्चिम एसियाका विभिन्न मुलुकबाट फर्कन चाहने नेपाली नागरिक सरकारको समन्वयमा उद्धार भएर स्वदेश फर्कने क्रम बढेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा युद्धप्रभावित पश्चिम एसियाका विभिन्न मुलुकमा अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण प्रभावित बनेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन थालिएको हो । उहाँको विशेष आग्रहमा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्ससहितका उडानमार्फत नेपाली नागरिक स्वदेश फर्कने क्रम बढेको हो ।
सामान्यतया मानिस सफासुग्घर रहनका लागि समय समयमा नङ काट्ने गर्छन् । बिहे गर्ने बेला भएको शिक्षित ठिटो तर हातमा रुखका बाङ्गाटिङ्गा हाँगाबिँगा झैँ नङ– कुन युवतीले पत्याउली र खै ? ! यद्यपि गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा उहाँले व्यक्तिगत इच्छा आकाङ्क्षा थाती राखेर १६ वर्षदेखि असहज दैनिकीको सामना गरिरहनुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।
श्रीमानले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए ।
हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ ।