सार्वजनिक प्रशासनसम्बन्धी संयुक्त राष्ट्र संघको विज्ञ समिति (सिपा) को २५ औं सत्रमा भाग लिन सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामा अमेरिका पुग्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरु भएको बैठकमा उहाँले भाग लिन अमेरिका पुग्नुभएको हो ।
पश्चिम नवलपरासीको सुनवलमा बर्ड फ्लु देखिएको छ।
अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ ।
यस वर्षको जनवरीदेखि हालसम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताउनु भएको छ । उहाँले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताउनु भएको छ ।
नयाँ वर्ष २०८३ सालको अवसरमा हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा आयोजित खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिका ५ का राजकुमार गोले प्रथम हुनुभएको छ ।
इरानका बन्दरगाह वरपर अमेरिकाले लागु गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमका रूपमा व्याख्या गरेको छ, जसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्धविरामलाई कमजोर पार्ने चेतावनी दिएको छ ।
तनहुँको बन्दीपुर अस्पतालले बिहान ७ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित कोशी नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मधेश प्रदेशमा मानसिक यातनाबाट पीडित हुने बिरामीहरूको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ।
खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती गहुँबाली जलेर नष्ट भएपछि चिन्तित हुनुहुन्छ ।
मलामी सवार ट्याक्टर दुर्घटनामा परेर घाइते भएका ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।