पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा नयाँ वर्षको पहिलो दिन मङ्गलबार डुङ्गा शयर गर्दै पर्यटक ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगलाई पुन : सरकारीकरण गरी सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले जोडदार माग गरेका छन् ।
गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ को तयारी पूरा भएको छ।
नयाँ वर्ष २०८३ सालको पहिलो दिन देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गर्नुभएको छ ।
बाजुरा जिल्लासँग सिमाना जोडिएको हुम्लाको दक्षिणी क्षेत्रस्थित ताँजाकोट गाउँपालिकामा चालु आर्थिक वर्ष सुरु भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ढुवानी अनुदानको नुन पुगेको छ।
नयाँ वर्षको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नान तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ। मङ्गलबार बिहान सबेरैदेखि नवलपुर, तनहुँ र चितवनको संगमस्थल देवघाटमा विभिन्न जिल्लाबाट आएका भक्तजनको भीड लागेको हो।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।
क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ ।
नेपाली नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा थामिनसक्नु भिड लागेको छ ।
नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वमार्फत समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभएको छ।