दाङ जिल्लाको तुई उपत्यकामा मानव सभ्यताका पूर्वपाषाण, मध्यपाषाण र नवपाषाण गरी तीन वटै कालका महत्त्वपूर्ण प्रमाण फेला परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास तथा पुरातत्व विभागका प्राडा डिल्लीराज शर्मा नेतृत्वको टोलीले गरेको प्रारम्भिक, सांस्कृतिक तथा पुरातात्विक सर्वेक्षणमा ती सामग्री फेला परेका हुन् ।
सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।
कृषिमा यान्त्रिकीकरण सुरु भएसँगै परम्परागत रूपमा माटोको काम (माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने) गर्दै आएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) बेरोजगार भएका छन् ।
बागलुङमा ८४ मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष २० हजार सात सय मेट्रिक टन उत्पादन भएकोमा बढेर यस वर्ष २० हजार सात सय ८४ मेट्रिक टन धान फलेको हो ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गीखोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय पथरीका
यहाँको अर्जुनचौपारी गाउँपालिका–१, थापाथोकका फणिनारायण अर्याल सुन्तला र कफी खेती गरेर आफ्नो जीवनलाई हराभरा बनाउनुभएको छ । ४६ वर्षअगाडि २०३६ सालमा विद्यालयमा बागवानी पढ्दै गर्दा सुन्तलाका बिरुवाबाट आफ्नो यात्रा थाल्नुभएको थियो । कृषि विषय अध्ययन गर्दा सहपाठीले सरकारी जागिरतर्फ ध्यान दिएको तर आफू व्यावहारिक ज्ञानलाई महìव दिँदै सुन्तला खेतीमा होमिएको अर्यालले बताउनुभयो ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका १ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन् । स्यालाखदीको अधेरी खोलामा सोही वडा निवासी ४५ वर्षीय नरबहादुर यरी मृत अवस्थामा फेला परेको स्थानीय लालबहादुर बुढाले जानकारी दिनुभयो ।
लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर देखिएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुगणता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा दस जना महिलामा पाठेघरको क्यान्सर पोजिटिभ देखिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म गरेको कला प्रदर्शनी सयौँले अवलोकन गरेका छन् । ‘सिन्थेसिस’ शीर्षक दिएर क्याम्पसका ब्याचलर अफ फाइन आट्र्स (बिएफए) का विद्यार्थीले गरेको प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थितिले विद्यार्थीको हौसला बढाएको प्रदर्शनीमा सहभागी सागर चाम्लिङ राईले बताउनुभयो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन ।
बाजुराको खप्तड छेडेदह–३ र बुढीगङ्गा नगरपालिकाका–४ को बिचमा पर्ने बार्जुगाडखोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ ।
केही महिनाअघि चुत्रो फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गो पहाड जस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज उजाडिएको वन देखेर चिन्तित छन् । कारण हो, चुत्रोको जरा । यसको जरा प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री हुने भएपछि पैसाको लोभमा वन उजाडिएको छ । दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्रोको जरा उखेल्ने क्रम बढेको छ ।
वीरेन्द्रनगर नगरपालिकले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षाघात जस्ता २३३ दीर्घरोगीलाई औषधी उपचार खर्चबापत एक करोड २७ लाख रुपियाँ खर्च गरिएको हो ।