हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’ पर्व धुमधामसाथ मनाइने गरिन्छ । मानिसको शरीरमा वर्षभरि रहेको रोग, विभिन्न खानेकुराबाट जम्मा भएका विषालु तत्व नष्ट गर्ने पर्वका रूपमा दार्चुला, बैतडी, डडेलधुरा, बझाङलगायतका पहाडी जिल्लामा बिसुपर्व मनाउने गरिन्छ ।
कार्यालय सार्ने निर्णयको विरोधमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीयले सोमबार नगरपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् । नगरपालिकाको शुक्रबार सम्पन्न १६ औँ नगर सभाको बहुमतले हाल वडा नम्बर १२ मा सञ्चालनमा रहेको कार्यालयलाई वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पतालको भवनमा सार्ने निर्णयको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुअघि सोमबार बिहानै मूलगेटमा धर्ना बसेका स्थानीयले हनुमाननगर बजारसमेत बन्द गराएका छन् ।
राजनीतिक बेथिति र सुशासनको अभाव देखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्थापनाकालदेखि जोडिएकी निशा मेहता हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ सांसद हुनुभएको छ । स्थापनादेखि पार्टीको साधारण सदस्य हुँदै केन्द्रीय सदस्यसम्म बन्नुभएकी मेहता विसं २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा समावेश भए पनि सांसद हुन पाउनुभएको थिएन । नवनिर्वाचित सरकारको स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्रीका रूपमा उहाँले यतिबेला मन्त्रालय हाँकी रहनुभएको छ ।
नयाँ वर्षको पहिलो दिन मङ्गलबार तनहुँको पवित्र तीर्थस्थल देवघाटधाम र व्यासभूमिको रूपमा परिचित दमौलीस्थित व्यास गुफा क्षेत्रमा स्नान तथा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले देश सङ्घीयतामा गएसँगै नागरिकको स्वास्थ्य सेवामाथिको पहुँच बढ्दै गएको बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ नीतिको कार्यान्वयनसँगै विगतका जिल्ला अस्पताल रिफर अस्पतालका रूपमा रहेकोमा प्रादेशिक अस्पताल बनेपछि विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालमा परिणत भएको भन्दै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो ।
पछिल्लो समय निर्माण सामग्रीमा लगातार भइरहेको मूल्यवृद्धिले सिन्धुली जिल्लामा विकास निर्माणका काम प्रभावित भएका छन् । इन्धनको मूल्य बढेसँगै निर्माण सामग्रीको अभाव र महँगी बढ्दा अधिकांश आयोजना प्रभावित बनेका हुन् । निर्माण व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष उद्धव दाहालका अनुसार दैनिक जसो निर्माण सामग्रीको मूल्य बढ्दै जाँदा काम सञ्चालन गर्नै कठिन भएको छ । “आज किनेको सामान भोलि त्यही मूल्यमा पाइँदैन,” उहाँले भन्नुभयो, “पहिले प्रतिबोरा सात सय रुपियाँमा पाइने सिमेन्ट अहिले ८५० रुपियाँ पुगेको छ । डन्डी (रड) प्रतिकेजी ९२/९३ रुपियाँबाट बढेर १०७ रुपियाँ पुगेको छ ।”
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ उत्साह र उमङ्गका साथ अघि बढ्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो ।
‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुर्खेतले गत चैत २८-३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नव वर्षले एकता र आपसी सद्भाव कायम राख्न सहयोग पुग्ने बताउनुभएको छ ।
बाँके जिल्लामा विभिन्न प्रकारका नियमित खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी खोप लगाएर आगामी वैशाख महिनामा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ।
‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।
बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ ।
प्रहरीको उनीहरुको साथबाट खैरो हेरोइन २२४ ग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को :गोरखापत्रद्वारा प्रकाशित मगर भाषा