घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१/८२ को चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ्दै बजारमा पुनः चहलपहल देखिएको हो । राष्ट्र बैङ्कले गरेको रियलस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी अध्ययनका अनुसार पछिल्लो अवधि अर्थात् अघिल्लो आव २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको देखिएको छ । आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको सो अध्ययनले देखाएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आव २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्बमा झरेको देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत्को आन्तरिक खपत विस्तारका लागि नयाँ रणनीति बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा यस्तो जानकारी गराउनुभएको हो ।
सरकारले बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले नयाँ मापदण्ड जारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
सप्तरी प्रहरीले अदालको फैसला कार्यान्वयन गर्ने शिलशिलामा विभिन्न मुद्दामा १४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरेलु हिंसाका १०, कुटपिटका दुई, जालसाजीका एक र चेक अनादर मुद्दाका एक जना गरी १४ जना प्रतिवादीहरु रहेका छन् ।
सरकारले नेपालमा आयात गरिने सम्पूर्ण वस्तुमा अबको १५ दिनपछि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासीपैठारी सङ्घका प्रतिनिधिबिच आइतबार भएको छलफलले उपभोक्ता हित र बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यका साथ निकासीपैठारीकर्तालाई यस्तो निर्देशन दिएको हो ।
एक वर्षको अवधिमा बजारमा पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका हुन् । एक वर्षको अवधिमा पेट्रोल लिटरमा ५६ रुपियाँ, डिजेल प्रतिलिटरमा ५८ रुपियाँ, हवाई इन्धन आन्तरिक लिटरमा ८८ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरमा एक सय रुपियाँ मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार २०८१ चैत अन्तिममा प्रतिलिटर १६३ रहेको पेट्रोलको मूल्य अहिले बढेर २१९ रुपियाँ पुगेको छ । यस्तै प्रतिलिटर १४९ रुपियाँ रहेको डिजेलको मूल्य बढेर लिटरमा २०७ रुपियाँ पुगेको छ ।
मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका वाणिज्य बैङ्कले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन् । बैङ्कहरूले २०८३ वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
जनकपुरको जानकी मन्दिर पछिको दोस्रो धार्मिक–पर्यटकीय सम्भावना बोकेको सलहेस फूलवारी अहिलेसम्म वार्षिक मेलामै सीमित रहेको छ।
नेपालको सबैभन्दा ठुलो राराताल घुम्ने मौसम सुरु भएपछि पर्यटक बढ्न थालेका छन् । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार रारामा चैतदेखि असारसम्म उपयुक्त मौसम भएकाले पर्यटक यो समयमा बढी भ्रमण गर्न गर्छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई करोड छ्यानब्बे लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त भेटी रकम सङ्कलन भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ ।