जिल्लाको सिद्धिचरण नगरपालिकाले शैक्षिक सत्र सुरु हुनु अगावै भर्ना र शुल्क असुली गर्ने विद्यालयप्रति कडाइ गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेका केही औषधी लाइसेन्स नवीकरण नहुँदा गोदाममै थन्किएर बसेको बताएको छ ।
नयाँ वर्ष २०८३ को अवसरमा धनकुटाको कोप्चेमा मौलिकता संरक्षण, पर्यटन प्रवर्धन’ भन्ने नाराका साथ चौथो कोप्चे फेस्टिभल सुरु भएको छ । सोमबारदेखि धनकुटा नगरपालिका–५, स्थित ऐतिहासिक बिहीबारे हटियामा कोप्चे पुनर्जागरण अभियानले बैशाख २ गतेसम्म फेष्टिभल सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जका उपभोक्ता तथा उद्योगी र व्यवसायीहरूलाई उपभोक्ता हितसम्बन्धी सचेतना अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गर्नुभएको छ ।
बाँके निर्माण व्यवसायी सङ्घले अमेरिका र इरानबिचको युद्धका कारण डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीमा अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धि हुँदा निर्माण उद्योगहरु ठप्प हुने स्थितिमा निर्माण उद्योगमा आपातकाल घोषणा गरेर व्यवसायीलाई राहात दिन सरकारसँग माग गरेको छ ।
पछिल्लो समय जङ्गली जनावरले खेती बाली नष्ट गर्न थालेपछि इलामको माईजोगमाई गाउँपालिकाले किसानलाई बेसार खेती गर्न प्रोत्साहित गर्न थालेको छ ।
काम नलाग्ने फोहोर मान्दै आएको मानव मुत्र आम्दानीको राम्रो स्रोत बन्छभन्दा पत्यार नलाग्न सक्छ । तर मानव मुत्रबाटै प्राकृतिक मल निर्माण गरेर राम्रो खेती गर्न सकिन्छ ।
इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ ।
हङ्गेरीको ऐतिहासिक चुनावमा पिटर मग्यारको अप्रत्याशित विजयपछि युरोपभरका नेताले उहाँलाई व्यापक समर्थन र बधाई दिएका छन् । यस परिणामलाई लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बनको नीतिप्रति युरोपेली असन्तुष्टिको स्पष्ट अभिव्यक्ति र युरोपेली एकताको पुनःस्थापनाको सङ्केतका रूपमा लिइएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरू बिचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कपिलबस्तुको तौलिहवा स्थित कालिकाटोलबाट स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।