जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) सँग अनुमति लिन निर्देशन दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गर्नुभएको छ ।
तेल निर्यात गर्ने देशको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्र मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट÷थारुवान अभियन्ताबीच समायोजन भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नु भएको छ।
सर्लाहीको साविक हरिपूर्वा गा.वि.स. का तत्कालीन सचिव रामप्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीको निष्कर्ष रहेको बताउनु भएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा शान्ति र सद्भाव कायम राख्न मधेशवासीसँग अपिल गर्नुभएको छ ।
बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।