शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ३० गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनकपुरमा सोमबार भएको खेलमा विनोद भण्डारीको एक सय ८९ रनको सानदार प्रदर्शनमा आर्मीले लिगको पुछारमा रहेको कोशी प्रदेशलाई एक सय ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
यस्तै वीरगन्जमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले हराएपछि सुदूरपश्चिम प्रदेश लिगको उपविजेता बन्दै फाइनलमा पुगेको हो ।