राष्ट्रिय स्वतन्त्र पार्टीले गत २१ फागुन २०८२ को आमनिर्वाचनबाट स्पष्ट बहुमत प्राप्त गरेको छ । युवा नेतृत्वको यो जितसँगै पार्टीले चुनावको समयमा जारी गरेको ‘नागरिक करार’ मार्फत डिजिटल सुशासन, सात प्रतिशत आर्थिक वृद्धिसँगै अर्थतन्त्रको आकारमा समेत वृद्धि र युवालाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने वाचा पूरा गर्नुपर्ने समय आएको । वाचा पूरा गर्न सबैभन्दा ठुलो चुनौती भनेको राजस्व सङ्कलन गर्नु रहेको छ ।
सिमकोट–हिल्सा सडकअन्तर्गत लाग्ना खण्डमा सिमकोट गाउँपालिका–७ डाँडाफयाँका स्थानीयले अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ। स्थानीय बासिन्दा र निर्माण व्यवसायीबिच सहमति भएपछि अवरुद्ध सडक पुनः सुचारु भएको हो।
डल्लु आवासीय विद्यालयले २५ औँ रजतजयन्ती मनाएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा रजतजयन्ती कार्यव्रmम आयोजना गरिएको थियो । कायक्रममा ‘डल्लु आवासीय विद्यालय रजत स्मारिका २०८१’ को विमोचनसमेत गरिएको थियो ।
शिक्षकले विद्यालयमा पठनपाठन गराउँदा प्रस्तुत गर्ने कला प्रदर्शनीमा नाम्खा गाउँपालिका–४ को महाबौद्ध माध्यमिक विद्यालय पहिलो भएको छ । विद्यालयका शिक्षकले सामूहिक रूपमा तयार पारेको शैक्षिक कला प्रदर्शनीमा महाबौद्धले सर्वाधिक अङ्क ल्याएको हो । कला प्रदर्शनीमा सिमकोट गाउँपालिकाको कर्णाली मावि दोस्रो र सिमकोट गाउँपालिकाकै सैपाल हिमाल मावि तेस्रो भए ।
बिस्काः जात्रामा प्रमुख आकर्षणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (योसिं) तान्त्रिक विधि अनुरूप पूजाअर्चना गरी सोमबार उठाइएको छ । बिस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल योसिंखेलमा लिङ्गो ठड्याइन्छ । सयौँ युवाले डोरीको सहायताले तानेर ५५ हात लामो लिङ्गो उठाएका थिए ।
समयको गतिसँगै २०८२ सालको बिदाइपछि नयाँ वर्ष २०८३ सालको आगमन भएको छ । वर्षको पहिलो महिनाको पहिलो दिन वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरेर नयाँ वर्ष मनाउने चलन छ ।
मधेश प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय सप्तरीमार्फत सञ्चालन हुने योजनाहरूमा अन्योल देखिएको छ।
घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१/८२ को चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ्दै बजारमा पुनः चहलपहल देखिएको हो । राष्ट्र बैङ्कले गरेको रियलस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी अध्ययनका अनुसार पछिल्लो अवधि अर्थात् अघिल्लो आव २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको देखिएको छ । आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको सो अध्ययनले देखाएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आव २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्बमा झरेको देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत्को आन्तरिक खपत विस्तारका लागि नयाँ रणनीति बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा यस्तो जानकारी गराउनुभएको हो ।
सरकारले बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले नयाँ मापदण्ड जारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
सप्तरी प्रहरीले अदालको फैसला कार्यान्वयन गर्ने शिलशिलामा विभिन्न मुद्दामा १४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरेलु हिंसाका १०, कुटपिटका दुई, जालसाजीका एक र चेक अनादर मुद्दाका एक जना गरी १४ जना प्रतिवादीहरु रहेका छन् ।
सरकारले नेपालमा आयात गरिने सम्पूर्ण वस्तुमा अबको १५ दिनपछि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासीपैठारी सङ्घका प्रतिनिधिबिच आइतबार भएको छलफलले उपभोक्ता हित र बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यका साथ निकासीपैठारीकर्तालाई यस्तो निर्देशन दिएको हो ।
एक वर्षको अवधिमा बजारमा पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका हुन् । एक वर्षको अवधिमा पेट्रोल लिटरमा ५६ रुपियाँ, डिजेल प्रतिलिटरमा ५८ रुपियाँ, हवाई इन्धन आन्तरिक लिटरमा ८८ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरमा एक सय रुपियाँ मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार २०८१ चैत अन्तिममा प्रतिलिटर १६३ रहेको पेट्रोलको मूल्य अहिले बढेर २१९ रुपियाँ पुगेको छ । यस्तै प्रतिलिटर १४९ रुपियाँ रहेको डिजेलको मूल्य बढेर लिटरमा २०७ रुपियाँ पुगेको छ ।
मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका वाणिज्य बैङ्कले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन् । बैङ्कहरूले २०८३ वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
जनकपुरको जानकी मन्दिर पछिको दोस्रो धार्मिक–पर्यटकीय सम्भावना बोकेको सलहेस फूलवारी अहिलेसम्म वार्षिक मेलामै सीमित रहेको छ।