रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका १ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन् । स्यालाखदीको अधेरी खोलामा सोही वडा निवासी ४५ वर्षीय नरबहादुर यरी मृत अवस्थामा फेला परेको स्थानीय लालबहादुर बुढाले जानकारी दिनुभयो ।
लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर देखिएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुगणता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा दस जना महिलामा पाठेघरको क्यान्सर पोजिटिभ देखिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म गरेको कला प्रदर्शनी सयौँले अवलोकन गरेका छन् । ‘सिन्थेसिस’ शीर्षक दिएर क्याम्पसका ब्याचलर अफ फाइन आट्र्स (बिएफए) का विद्यार्थीले गरेको प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थितिले विद्यार्थीको हौसला बढाएको प्रदर्शनीमा सहभागी सागर चाम्लिङ राईले बताउनुभयो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन ।
बाजुराको खप्तड छेडेदह–३ र बुढीगङ्गा नगरपालिकाका–४ को बिचमा पर्ने बार्जुगाडखोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ ।
केही महिनाअघि चुत्रो फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गो पहाड जस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज उजाडिएको वन देखेर चिन्तित छन् । कारण हो, चुत्रोको जरा । यसको जरा प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री हुने भएपछि पैसाको लोभमा वन उजाडिएको छ । दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्रोको जरा उखेल्ने क्रम बढेको छ ।
वीरेन्द्रनगर नगरपालिकले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षाघात जस्ता २३३ दीर्घरोगीलाई औषधी उपचार खर्चबापत एक करोड २७ लाख रुपियाँ खर्च गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ ।
कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरी ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरेर उपचारमा सहुलियत दिँदै आएको हो । कार्यक्रम प्रभावकारी भएको देखिए पनि बजेट न्यून हुँदा अपेक्षित रूपमा दीर्घरोगी समेटिन सकेका पाइएको छैन ।
केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह निमित्तका भरमा चलेका छन् । तीन नगरपालिका र दुई गाउँपालिका निमित्तका भरमा सञ्चालन भइरहेका हुन् ।
रौतहटको राजपुर नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका ९ वटै वडाका करिव दुई हजार पाँच सय ज्येष्ठ नागरिकलाई न्यानो कपडाअन्तर्गत ब्लाङ्केट वितरण सुरु गरिएको हो ।
रैथाने सीप र कला संस्कृतिमा जीवन समर्पण गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–३ डाँडाकोट निवासी डा. गोविन्द नेपाली संस्कृति संरक्षणमा लाग्नुभएको छ । उहाँले काठमाडौँमा संग्रहालय बनाउनुभएको छ । देशभरीमा २२ वटा संग्रहालय उहाँकै डिजाईमा निमार्णधिन अवस्थामा छन् ।