समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।
अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।
सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बाँकेका किसानहरूलाई यतिबेला गहुँबाली भित्र्याउने चटारो छ। खेतबारीमा किसानहरू गहुँ काट्ने र थ्रेसरमार्फत दाना छुट्याउने काममा व्यस्त देखिन्छन्।
नयाँ वर्ष २०८३ को पहिलो दिन मङ्गलबार तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । बढ्दो गर्मी छल्न र नयाँ वर्षको अवसरमा प्रकृतिसँग रमाउन विभिन्न स्थानबाट पर्यटकको ओइरो लागेपछि बन्दीपुरमा चहलपहल ह्वात्तै बढेको छ ।
बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित रङ्गवैकटेश मन्दिर तिरुपती बालाजी धाममा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसरमा आगामी वैशाख ७ देखि ११ गतेसम्म शालग्राम महोत्सव हुनेछ ।
महोत्तरी जिल्लाका किसानहरू यतिबेला चैते बालीअन्तर्गत गहुँ, रहरलगायत दलहन बाली भित्र्याउन तीव्र रूपमा जुटेका छन्। बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार–हतारमा खेतमै खटिन बाध्य भएका हुन्।
दिव्य आनन्दको रङ्ग, दिव्य–कान्ति–तरङ्ग छ । दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ।। – लेखनाथ पौड्याल असल कर्म गरेपछि फल पाइन्छ । कर्म नगर्ने, कुरा काट्ने र अरूको निन्दा गर्ने प्रवृत्ति सबैभन्दा खराब हो । यस्तो अभ्यासले व्यक्ति, परिवार, समाज र राष्ट्र कसैको पनि हित गर्दैन । देशवासी सबैले हातेमालो गरी सकारात्मक सोच बनाएर सुकर्म गर्ने हो भने असम्भव केही छैन । देशलाई शान्त र समृद्ध बनाउने मन्त्र भनेकै सुकर्म हो । कर्म नगरी फलको आशा गर्नु मूर्खता हो । मुलुकको महत्वपूर्ण लामो समय भाषण, आश्वासन, गालीगलौज र अरूको
एक्काइसौँ शताब्दीको विश्व राजनीति र अर्थतन्त्र अब परम्परागत भूमि, श्रम र पुँजीको घेरामा मात्र सीमित रहेन । सूचना प्रविधिको चौथो औद्योगिक क्रान्तिले भूगोलको सीमालाई मात्र मेटाएको छैन, विकासको परिभाषालाई नै पुनर्गठित गरिदिएको छ । आजको युगमा कुनै पनि राष्ट्रको सामथ्र्य त्यस देशसँग भएको प्राकृतिक स्रोतले भन्दा पनि त्यस देशका नागरिकसँग भएको ‘डिजिटल दक्षता’ ले मापन गर्न थालिएको छ । वर्तमा
नयाँ वर्ष २०८३ को पहिलो दिन तथा वैशाख सङ्क्रान्तिका अवसरमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल त्रिवेणी धाम मा बिहानैदेखि भक्तजनहरूको ठुलो घुइँचो लागेको छ।
वैशाख १ गते काली/कर्णालीमा बिसुपर्व मनाइन्छ । यो त्यस क्षेत्रको मौलिक चाड हो । खस आर्य सभ्यताको सुरुवात बिसुपर्वबाट भएको भनेर योगी नरहरिनाथले २०२८ साल वैशाखमा बझाङस्थित तलकोटको एक सभामा बताउनुभएको थियो । वसन्त ऋतुमा मनाइने भएकाले मानव सभ्यताको सुरुवातसँगै मानिस र वीज वनस्पतिबिचको सम्बन्ध कति प्रगाढ हुन्छ भन्ने अर्थ पनि यस पर्वले दिन्छ । सुदूरपश्चिमको भूगोल देशका अन्य छ प्रदेश झैँ देखिए पनि केही विशेषता भिन्न छन् । यो भिन्नता वीज वनस्पति र प्राकृतिक स्रोतसाधनमा रहेको छ । नयाँ वर्ष मनाउने तरिका पनि भिन्न छ । अझ सांस्कृतिक परम्पराका कारण
विभागीय टोली नेपाल पुलिस क्लब ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
रास्वपा सरकारसँग व्यापक जनअपेक्षा छ– सरकार पूरा पाँच वर्ष चलोस् । मुलुकमा स्थिरता कायम होस् । दण्डहीनता अन्त्य भई सुशासन स्थापित होस् र देशभित्रै सुख र शान्तिसँग बाँच्न पाइयोस् । बारम्बार बलिदानीपूर्ण आन्दोलनको नियति भोग्नु नपरोस् । अपवादात्मक अवस्थाबाहेक यो सरकार पाँच वर्ष नटिक्ने कारण छैन । अपवाद भनेको आन्तरिक कलहले फुट आउनु वा बहुमत ‘निरपेक्ष शक्ति’ मा बदलिँदै दुरुपयोग र स्वेच्छाचारिताले जनआ