बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्।
प्रहरीले गएराति टोखा नगरपालिका–९, गोङ्गबुस्थित दीपसागर होटलबाट लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ ।
बर्दियामा रहेका ४८ हजार पशुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो ।
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ ।मौसम प्रतिकुलताका कारण मङ्गलबारदेखि पुस २५ गतेसम्म चार दिन जाडो बिदा दिइएको पालिकाको शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका सम्भावित उम्मेद्वारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन् ।
जिल्ला सहकारी सङ्घ गुल्मीको ३२ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने दुई सहकारी संस्था र दुई जना व्यवस्थापकलाई सम्मान गरिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।
यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् ।
क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोक मार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली टोली धनकुटा आइपुगेको छ ।
भदौ २३ र २४ गते जेनजीको असाधारण आन्दोलनपछि सत्ता बदलियो । आन्दोलनको जनादेशसँगै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित सरकारलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यादेश प्राप्त छ ।