बर्दियाको बारबर्दिया नगरपालिकाभित्रका गर्भवती महिलाले वडा वडामै भिडियो एक्सरे सेवा पाएका छन् । बारबर्दिया नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका गर्भवती महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्तो सेवा दिइरहेको छ । सुरुका दिनमा यो सेवा नगर अस्पतालबाट दिने व्यवस्था गरिएको थियो । हाल आएर निःशुल्क भिडियो एक्सरे सेवा अहिले वडास्तरसम्म पुगेको छ । वडामा सञ्चालनमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा दिने गरिएको छ । प्रत्येक महिना पाँच वटा स्थानमा भिडियो एक्सरे सेवा दिने गरेको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बताउनुभयो ।
तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा विगत केही दिनदेखि हुँदै आएको सवारी आवागमनको अवरोध आज (मङ्गलबार)देखि हटेको छ ।
सुन्तलाबारे अध्ययन गर्न बङ्गलादेशका व्यवसायीको टोली स्याङ्जा आइपुगेको छ । निकै रसिलो र स्वादिलोको पहिचान बनाएको स्याङ्जाको सुन्तलाले नेपालीलाई मात्रै होइन, विदेशीलाई पनि आकर्षण गरेको छ । स्याङ्जाका अधिकांश भागमा सुन्तला उत्पादन हुँदै आएको छ । देशका विभिन्न ठाउँ सहजै पुग्ने यहाँको सुन्तला अब विभिन्न देशमा लैजाने तयारी भएको छ ।
यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ ।
नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नगरपालिकामार्फत निर्माण हुने दुईतले आरसिसी भवनको शिलान्यास गरिएको छ।
एक वर्षको अवधिमा उपल्लो मुस्ताङमा ४ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत इलाका संरक्षण कार्यालय लोमान्थाङको क्षेत्राधिकारमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, लोमान्थाङ तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलमा विसं २०८२ वैशाखदेखि चैतसम्म चार हजार ८१ जना विदेशी पर्यटक प्रवेश गरेका छन्।
विक्रम संवतको पहिलो दिन वैशाख १ गते नेपालगञ्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ।
भूकम्पका कारण क्षतिग्रस्त जाजरकोटका सरकारी कार्यालयको पुनर्निर्माण थालिएको छ । तीन वर्षअघि भूकम्पका कारण क्षतिग्रस्त भएका जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसहित २२ वटा सरकारी भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले पुनर्निर्माण थालेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा जिल्ला समन्वय समितिको भवन, जाजरकोट अस्पताल, भेरी नगरपालिका–१, मैदे सामुदायिक क्लिनिक, जिल्ला समन्वय समितिको कार्यालय, कृषि विकास कार्यालय, जिल्ला कारागार, कुसे गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी, जिल्ला प्रशासन कार्यालय आवास, जिल्ला हुलाक कार्यालयका भवन धमाधम पुनर्निर्माण भइरहेका छन् ।
कर्णाली कोरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको लाक्नामा तीन दिनदेखि निर्माण अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–७, डाँडाफया ग्लालेखोरका स्थानीय नागरिकले गत शनिबारदेखि लाक्नामा निर्माणाधीन सडक अवरुद्ध गरेका हुन् ।
कैलाली–बर्दिया जोड्न सनकट्टीस्थित कर्णाली नदीमा निर्माणाधीन पुल सम्पन्न लागेको छ । टीकापुर नगरपालिका र गेरुवा गाउँपालिका जोडिने यो पुल २०८३ असोजमा सक्ने गरी २०७९ पुसमा ठेक्का लागेको थियो । २०८२ फागुन मसान्तसम्ममा ९२ प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र पुल प्रयोग गर्न मिल्ने गरी काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका इन्जिनियर धीरेन्द्र सहनीले बताउनुभयो ।
नाग्म–गमगढी सडकअन्तर्गत सिँजाको रोकायावाडा खोलामा निर्माण गरिएको पक्की पुल मुआब्जा विवादका कारण अझै सञ्चालनमा आउन सकेको छैन।
विपत् प्रभावित समुदायलाई सुरक्षित वासस्थानका लागि आश्रयस्थल तयार भएको छ । कैलालीको जानकी गाउँपालिका–९, खैरीफाँटमा आश्रयस्थल बनेको हो । बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल नाम दिइएको भवन दुई तलाको छ । कर्णाली र कुलरिया नदीमा आउने बाढीबाट प्रभावित २०४ घरधुरीलाई लक्षित गरी बनाएको भवनबाट ६८ परिवारले प्रत्यक्ष र १३६ परिवारले अप्रत्यक्ष रूपमा लाभ पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ(आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ ।
बाजुरामा दलित समुदायभित्रै जातीय विभेद अझै कायम रहेको पाइएको छ। यहाँ सार्की, विक, सुनार, मिजार, चँदारा, कामी, लुहार, दमाई, बादी, गन्धर्व, कुमाल, ओड, तिरुवा, परी लगायतका दलित जातजातिको बसोबास रहेको छ।