दुध उत्पादन बढाई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले दाङको देउखुरीमा हुलाकी राजमार्गलक्षित भैँसीको वंश सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।
सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरको अधिकारी परिवार बनेको छ । २०५७ सालमा फर्सुराम अधिकारीले एक घारबाट सुरु गरेको मौरीपालन अहिले पाँच सय घारमा पुगेको छ भने मौरीपालनबाटै मासिक एक लाख आम्दानी गर्न अधिकारी परिवार सफल भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिला उद्यमशीलता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले महिलालाई सिप विकास गरी उद्यमशीलता हासिल गराउन मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभएको हो । महिलालाई व्यवसाय सञ्चालन गर्न अवसरसँगै चुनौती रहे पनि व्यवसायलाई निरन्तरता दिँदै सूचना प्रविधिको प्रयोग, इकमर्सको प्रयोगबाट व्यवसाय विस्तार गर्न सकिने उहाँको भनाइ छ ।
देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ मूल नारासहित आगामी चैतदेखि देशव्यापी बृहत् अभियान घोषणा गरेको हो ।
पहिले भन्सार महसुल घटाउनुपर्ने माग राखेका चिनी उद्योगीले अहिले फेरि बढाउनुपर्ने माग राखेका छन् । तस्करीबाट आएको चिनीले बजारमा स्वदेशी चिनी बिक्री हुन छोडेको भन्दै भन्सार महसुल बढाउन चिनी उद्योगीले सरकारसमक्ष माग गरेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।
औषधी व्यवस्था विभागले म्याग्नस फर्माले उत्पादन गरेको औषधी न्यून गुणस्तर भएकाले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा पार्टीतर्फबाट हुने उम्मेदवार, अन्य दलसँगको सहकार्यसहितका विषयमा विमर्श आरम्भ गरेको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको हो ।
नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ ।
नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने बताउनु भएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।