प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका प्रतिनिधि सभा सदस्यसँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफलपछि सातै प्रदेशका सांसदसँगको पहिलो चरणको संवाद सम्पन्न भएको हो ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालन, विगतका अभ्यास तथा सचिवालय व्यवस्थापनलगायतबारे पूर्वसभामुखहरूसँग छलफल गर्नुभएको छ । दुई पूर्वसभामुखसँग अर्यालले सोमबार छलफल गर्नुभएको हो । छलफलमा संसदीय अभ्यास तथा विगतका परम्परालगायतमा कुराकानी भएका सभामुख अर्यालको सचिवालयले जनाएको छ । अर्यालले पूर्वसभामुख अग्निप्रसाद सापकोटा र देवराज घिमिरेसँग छलफल गर्नुभएको हो । विगतको अनुभव आदानप्रदानसँगै संसद्को विधायिकी प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको अर्यालको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
गोरखापत्र संस्थानले गोरखापत्र दैनिकमा थप दुई भाषा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको छ । संस्थानको यो निर्णयसँगै गोरखापत्र दैनिकमा प्रकाशन हुने भाषाको सङ्ख्या ४८ पुगेको छ । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद भण्डारीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकले लोपोन्मुख अवस्थामा रहेको सन्थाल र हायू भाषालाई गोरखापत्र दैनिकमा समावेश गर्ने निर्णय गरेको हो । नयाँ वर्षको प्रारम्भसँगै थप दुई मातृभाषाको पाठ्यसामग्री प्रकाशन प्रारम्भ गरिने संस्थानले जनाएको छ ।
घरबाट पछाडि सारेर सडकमा निकाल्दै गरेको ट्याक्टरले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी –५ जहदाका २४ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ ।
यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ । सोमबार नेपाल पत्रकार मञ्चको २० औं स्थापना दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख अर्याललाई सो पुरस्कार प्रदान गरिएको हो ।
पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छ ।
नयाँ वर्ष २०८३ को अवसर पारेर सल्यानको कपुरकोट गाउँपालिकामा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्सव सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबिच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
तराईका जिल्लाहरूमा बर्ड फ्लुको संक्रमण फैलिँदै गएको अवस्थामा संखुवासभामा लुकाइ भित्र्याइएका कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्दै राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिवद्ध भएर काम गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी पैठारी नियन्त्रणतर्फ मोरङ प्रहरीले सक्रियता बढाएको छ । यही क्रममा विराटनगरबाट ११ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ ।
सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले लोकतन्त्रलाई मजबुत बनाउनुपर्ने आवश्यकता औल्याउँदै सुशासन र पारदर्शितामा जोड दिएका छन् ।
सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीय लोकसेवासहित सातै प्रदेशका लोकसेवा आयोगप्रति सर्वसाधारण, प्रतिस्पर्धीसहित सबै नेपालीको विश्वास हुँदाहुँदै पनि केही प्रश्नहरु उठिरहेको बताउनुभएकाे छ ।