• १ वैशाख २०८३, मङ्गलबार

कला प्रदर्शनीमा महाबौद्ध पहिलो

blog

हुम्ला, वैशाख १ गते । शिक्षकले विद्यालयमा पठनपाठन गराउँदा प्रस्तुत गर्ने कला प्रदर्शनीमा नाम्खा गाउँपालिका–४ को महाबौद्ध माध्यमिक विद्यालय पहिलो भएको छ । विद्यालयका शिक्षकले सामूहिक रूपमा तयार पारेको शैक्षिक कला प्रदर्शनीमा महाबौद्धले सर्वाधिक अङ्क ल्याएको हो ।

कला प्रदर्शनीमा सिमकोट गाउँपालिकाको कर्णाली मावि दोस्रो र सिमकोट गाउँपालिकाकै सैपाल हिमाल मावि तेस्रो भए ।  

विद्यालयका शिक्षकले शैक्षिक कला प्रदर्शनीमा दैनिक पाठ योजना, वार्षिक, मासिक, साप्ताहिक, दैनिक गरिने क्रियाकलाप, पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित शिक्षण सिकाइ व्रिmयाकलाप, गोजी तालिका, मौसमी पात्रो, स्थानीय चाडपर्वको विवरण, ध्वनि सिकाइ, स्वर वर्ण र व्यञ्जन वर्ण, स्थानीय सजीव र निर्जीव, बनस्पति र जनावर कोषलगायतका कला तयार पारेर प्रदर्शन गरेका थिए ।