स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने लक्ष्यसहित दक्षिण बागलुङको जैमिनी नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मेलन सम्पन्न भएको छ ।
चीनमा सम्पन्न कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल नेपालकी कराते स्टार एरिका गुरुङ सोमबार स्वदेश फर्किनुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो । आर्थिक अभावका कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् ।
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन् ।
कोशी प्रदेश सरकारले २०८२ सालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।
इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ ।
अमेरिका र इरानबिचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।
‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ्ग ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ ।
अलैँची खेती गर्दै आएका लमजुङको मर्स्याङ्दी-७, गाउँपालिकाका किसानहरू व्यवसायिक रूपमा सतुवा र टिमुर खेतीतर्फ लागेका छन् ।
अन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा आँधीखोला गाउँपलिका–५, जुग्लेमा साताव्यापी योग, ध्यान र सकारात्मक चिन्तन सहित उर्जा ध्यान शिविर तथा प्रशिक्षण गरिएको छ ।
काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग. १ च. २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालय सार्ने निर्णयको विरोधमा सोमबार स्थानीयले तालाबन्दी गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।