सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धर्म, जाति र समुदायबिचको सहअस्तित्व नै मधेशको मौलिक पहिचान भएको उल्लेख गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो ।
नेपाली सेनाले सोमबारदेखि गोरखा–काठमाडौँ एकीकरण पद यात्रा सुरु गरेको छ । एकीकरणका प्रतिक पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरिएको पैदलयात्रा हुँदै आज बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाका रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो ।
बागलुङ महोत्सव एक दिन लम्बिने भएको छ । पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबारसम्मलाई महोत्सवको अवधि तोकिएको थियो ।
प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो ।
ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
रौतहटबाट स्रोत नखुलेको दुई लाख ५० हजार तीन सय ६० रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकबाट राजनीतिक दलले उम्मेदवार हुने आङ्काक्षीको नाम सिफारिस गरेका छन् । उम्मेदवार सिफारिसमा प्रायः पुरानै नेताको नाम सिफारिस गरेर पठाइएको छ ।
लगातारको शीतलहरका कारण सबैभन्दा बढी मुसहर समुदायको जनजीवन कष्टकर बन्दै गइरहेको छ । शीतलहरले दिउँसो कमाएर राति राखे यस समुदायलाई न्यानो लुगा र हातमुख जोड्न समस्या भएको छ ।
तीन जिल्लाका स्थानीय तहले एक अर्को स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनको कालिका नगरपालिकाले पूर्वी चितवनको पदमपुरमा आयोजना गरेको समन्वयात्मक बैठकमा चितवन, धादिङ र मकवानपुर गरी तीन जिल्लाका नौ वटा स्थानीय पालिका प्रमुखले एकै प्रकारका समस्यासँग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) को काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा